+

६ परिकार, जुन विश्वभर लोकप्रिय छन्

१. पिज्जा (इटाली)

संसारभरका मानिसको जिब्रोलाई लोभ्याउने परिकार हो, पिज्जा । तातो–तातो पिज्जाबाट आउने सुगन्धले नै यसको पारखीहरुमा भोकले जगाउँछ । साधारण मार्गेरिटादेखि विभिन्न टपिङयुक्त विकल्पसम्म, पिज्जा सबै उमेरका मानिसको रुचिको परिकार बनेको छ ।

पिज्जा उत्पति इटालीको नेपल्स शहरबाट भएको मानिन्छ । सुरुमा पिज्जा विपन्न परिवारको साधारण खाना थियो, रोटीमाथि टमाटर र सानो चिज राखेर बनाइन्थ्यो ।

Advertisement

२. सुशी (जापान)

जापानको चर्चीत परिकार हो, सुशी । परिकार जापानी भए पनि अहिले विश्वभर लोकप्रिय छ । सुरुमा माछा बचाइराख्न चामलसँग राख्ने चलन थियो । पछि चामल र ताजा माछासँगै खाइने परिकार बनेको हो । समयसँगै सुशी सजिलो र छिटो खाने स्ट्रीट फुडको रूपमा विकास भयो । अहिले साना रेस्टुरेन्टदेखि ठूला होटलसम्म सुशी पाइन्छ ।

ह्याम्बर्गर (अमेरिका)

ह्याम्बर्गर अमेरिकाको सबैभन्दा लोकप्रिय फास्ट फुड हो । यसको नाम जर्मनीको ह्याम्बर्ग शहरबाट आएको भए पनि आजको स्वरूप अमेरिकामा विकास भएको हो । मासुको गोलो टुक्रा रोटीको बीचमा राखेर सजिलै खान मिल्ने भएकाले यो छिट्टै लोकप्रिय भयो । ठूला फास्ट फुड चेनहरूका कारण यो विश्वभर फैलियो ।

४. पास्ता (इटाली)

पास्ता इटालीको परम्परागत खाना हो । रोचक कुरा के भने, हजारौं प्रकारमा थरीथरी तरिकाले पकाइन्छ । लामो, सानो, गोलो वा चौडा-आकार अनुसार नाम फरक हुन्छ । पहिले साधारण गहुँको पिठोबाट बनाइन्थ्यो । पछि टमाटर सस र विभिन्न सामग्री मिसाएर अनेक स्वाद बनाइयो । आज पास्ता विश्वभर घरघरमा छिटो र मिठो पकाइने परिकार बनेको छ ।

५. टाकोस (मेक्सिको)

टाकोस मेक्सिकोको प्रसिद्ध स्ट्रीट फुड हो । मकैको पातलो रोटी (टोर्टिला)भित्र विभिन्न सामग्री राखेर बनाइन्छ । धेरै वर्षअघि स्थानीय मानिसहरूले मकैको रोटीमा माछा वा मासु राखेर खाने गर्थे । समयसँगै यसमा नयाँ स्वाद थपिँदै गयो र अहिले विश्वभर लोकप्रिय भयो ।

६. फो (भियतनाम)

फो भियतनामको चर्चित चाउचाउको सुप हो । यो तातो रसमा चामलबाट बनेको चाउचाउ र मासु राखेर बनाइन्छ । पहिले सडक वरपर बेचिने साधारण खाना थियो, तर अहिले विश्वभर चर्चित छ । धेरै मानिसले यसलाई सान्त्वना दिने खाना मान्छन् ।