+

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

धेरैजसो मानिसहरूलाई खाना खाइसकेपछि केही मिनेटभित्रै दिसा लाग्ने वा शौचालय धाउनुपर्ने हुने गर्छ । यस्तो बेला धेरैलाई लाग्छ, खाना पेटमा पुग्नेबित्तिकै सिधै बाहिर निस्किँदैछ ।

यो रिफ्लेक्सले पेटमा नयाँ खाना आएको संकेत पाएपछि ठूलो आन्द्रालाई पुरानो फोहोर बाहिर निकाल्ने तयारी गर्न लगाउँछ । यसले पाचन प्रक्रियालाई अझ प्रभावकारी बनाउँछ ।

Advertisement

ग्यास्ट्रोकोलिक रिफ्लेक्सले कसरी काम गर्छ ?

जब खाना पेटमा पुग्छ, तब पेट र ठूलो आन्द्राबीच स्वचालित सञ्चार सुरु हुन्छ । नसाहरूले ठूलो आन्द्राको मांसपेशीलाई संकेत पठाउँछन्, जसले आन्द्राको गति बढाउँछ । यसकारण धेरैलाई खाना खाएको केही मिनेटमै दिसा लागेको महसुस हुन्छ ।

यो प्रक्रियामा कुन–कुन अंगहरूले काम गर्छन् ?

पेटले खानालाई टुक्र्याएर पाचन सुरु गर्छ । ठूलो आन्द्राले खानाबाट पानी सोसेर ठोस फोहोर बनाउँछ । एन्टेरिक नर्भस सिस्टम अर्थात् गट ब्रेनले आन्द्राको सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्छ । यसबाहेक ग्यास्ट्रिन, सेरोटोनिन र कोलेसिस्टोकिनिन जस्ता हर्मोनहरूले पनि यो रिफ्लेक्सलाई सक्रिय बनाउन मद्दत गर्छन् ।

यो रिफ्लेक्स कहिले बढी सक्रिय हुन्छ ?

केही व्यक्तिमा यो रिफ्लेक्स सामान्यभन्दा धेरै तीव्र हुन्छ । खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने बनाउँछ । यसका मुख्य कारणहरूमा तारेको, भुटेको वा धेरै मसालेदार खाना, क्याफिनयुक्त पेय (चिया, कफी) र मदिराको बढी सेवन, पेटमा संक्रमण तथा मानसिक तनाव वा चिन्ता प्रमुख छन् ।

कति बेला खाना खानेबित्तिकै दिसा लाग्नु असामान्य बन्छ ?

जब यो अति सक्रिय हुन्छ तब यो असामान्य मानिन्छ । यसले खाना खाएको ५–१० मिनेटमै तीव्र दिसा लाग्ने, पेट दुख्ने, ऐंठन हुने जस्ता समस्या निम्त्याउछ । धेरै तारेको, भुटेको, मसालेदार, चिल्लो वा उच्च चिल्लोयुक्त खानाले रिफ्लेक्सलाई अति उत्तेजित गर्छ ।

क्याफिन (चिया, कफी, एनर्जी ड्रिंक) र अल्कोहलले पनि आन्द्राको मांसपेशीहरूलाई छिटो संकुचित बनाउँछ । ठूलो मात्रामा खाना वा एकैचोटि धेरै खाने बानीले पनि यो रिफ्लेक्सलाई बढाउँछ ।

दोस्रो कारण हो, संक्रमण । पेट वा आन्द्रामा ब्याक्टेरिया, भाइरस वा परजीवीको संक्रमणले आन्द्रालाई संवेदनशील बनाउँछ । यसले रिफ्लेक्सलाई अति तीव्र बनाउँछ ।

यो बाहेक मानसिक कारण जस्तै, तनाव, चिन्ता, डिप्रेसन वा स्ट्रेसले गट–ब्रेन एक्सिस मार्फत आन्द्रालाई प्रभावित गर्छ । तनावमा हुने कोर्टिसोल हर्मोनले पनि यो रिफ्लेक्सलाई बढाउँछ । इरिटेबल बाउल सिन्ड्रोम, आन्द्रा अति संवेदनशील हुने समस्याले पनि खाना खाएपछि तुरुन्तै दिसा लाग्ने, पेट दुख्ने, ब्लोटिङ र ग्यास हुने गर्छ ।

कहिले चिकित्सकसँग सल्लाह लिनुपर्छ ?

यदि यो समस्या कहिलेकाहीँ मात्र हुन्छ भने चिन्ता लिनुपर्दैन । तर यदि यो बारम्बार दोहोरिन्छ र यससँगै बारम्बार पखाला, पेटमा ऐंठन वा दुखाइ, शरीरमा कमजोरी महसुस हुने, छिटो वजन घट्ने वा दिसामा रगत मिसिएको जस्ता लक्षण देखिन्छन् भने ढिलो नगरी चिकित्सकलाई जाँच गराउनु आवश्यक छ ।