रिस किन उठ्छ ? जब चाहेको जस्तो हुँदैन । तब उठ्छ । यो एक स्वभाविक प्रक्रिया हो, जसले तनाव, कुण्ठा वा असहज परिस्थितिप्रति प्रतिक्रिया व्यक्त गर्छ ।
तर, बिनाकारण सानातिना कुरामा बारम्बार रिस उठ्छ भने एकपटक कतै केही समस्या त होइन भनेर विचार गर्नुपर्ने हुन्छ । यो सामान्य व्यवहारभन्दा बाहिरको कुरा हुनसक्छ। के कारण हुनसक्छ त ?
तनाव र चिन्ता
दीर्घकालीन तनाव जस्तै कामको दबाब, आर्थिक समस्या वा पारिवारिक तनावले रिसको सीमालाई कम गर्छ । ‘एन्जाइटी डिसअर्डर’ भएका व्यक्तिहरूमा सानातिना कुरामा रिस उठ्ने सम्भावना बढी हुन्छ ।
डिप्रेसन
डिप्रेसनले चिडचिडापन र रिसलाई ट्रिगर गर्न सक्छ । विशेषगरी पुरुषहरूमा यसको लक्षण रिसको रूपमा देखिन सक्छ । नेपालमा मानसिक स्वास्थ्यप्रति कम जागरूकताले यस्ता समस्याहरूलाई पहिचान गर्न गाह्रो हुन्छ ।
त्यस्तै, नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर भएकाहरुमा पनि आत्मसम्मानमा कमी वा आलोचनाले रिस उत्पन्न गर्छ ।
दुर्घटना तथा चोटपटक
विगतको दुखदायी घटना (जस्तै हिंसा, दुर्घटना) वा पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअर्डरले सानातिना कुरामा रिस उठाउन सक्छ । कुनै कारणवस मस्तिष्कको अगाडिको भागमा चोट लागेमा भावनात्मक नियन्त्रण कमजोर हुन्छ, जसले रिसको आवेग बढाउँछ ।
निद्राको कमी
पर्याप्त निद्रा नपुग्दा मस्तिष्कको भावनात्मक नियन्त्रण कमजोर हुन्छ । रात्रीकालीन ड्युटी वा अनियमित निद्राले रिसको भावना बढाउँछ । निद्राको कमीले निद्रालाई नियन्त्रण गर्ने मेलाटोनिन हार्मोन र कोर्टिसोल (तनाव हार्मोन)को असन्तुलन हुन्छ, जसले चिडचिडापन गराई आवेग बढाउँछ ।
अस्वस्थ खानपान, मदिरा र धूम्रपान
बजारिया खानेकुरा, चिनी र क्याफिनको अत्याधिक सेवनले पनि मूडमा उतारचढाव ल्याउँछ । यिनले मस्तिष्कको रसायनलाई प्रभावित गर्छ, जसले रिसको आवेग बढाउँछ ।
सामाजिक र कार्यस्थलको दबाब
विशेषगरी शहरी क्षेत्रमा, कामको बोझ, ट्राफिक र आर्थिक दबाबले दिमागले अनावश्यक भार ठान्दा मूड खराब बनाउन सक्छ । कुनै समस्या पर्दा पुरुषहरू रोएर भन्दा रिसलाई भावनात्मक अभिव्यक्तिको रूपमा प्रयोग गर्छन् ।
नेपाली समाजमा रिसलाई प्रायः कमजोरी वा नियन्त्रणको कमीको रूपमा हेरिन्छ, तर यो स्वाभाविक भावना हो । त्यस्तै, संयुक्त परिवारमा अन्तरपुस्ता द्वन्द्व वा जिम्मेवारीको दबाबले रिस निम्त्याउँछ।
आर्थिक दबाब
नेपालमा बेरोजगारी, गरिबी र महंगीले मानसिक तनाव बढाउँछ, जसले विनासित्ती रिस उठ्न सक्छ । कतिपयलाई सामाजिक सञ्जालमा अरूको जीवनशैलीसँग तुलना गर्दा हीनताबोध र रिस उत्पन्न हुन्छ ।
हर्मोनल असन्तुलन
थाइराइड समस्या भएमा पनि अनावश्यक रिस उठ्न सक्छ । थाइराइडको स्तर बढेमा हाइपरथाइरोइडिज्म हुनसक्छ, जसले तनाव हर्मोन कोटिसोलको मात्रा बढाएर चिडचिडापन र रिसको भावना बिनाकारण बढाउन सक्छ ।
महिनावारी वा हर्मोनल परिवर्तन
महिलाहरूमा प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम वा मेनोपजको समयमा इस्ट्रोजेन र प्रोजेस्टेरोनको उतारचढावले रिस उठ्न सक्छ ।
मस्तिष्कको समस्या
कुनै कारणवश मस्तिष्कमा सेरोटोनिन र डोपामिन जस्ता हर्मोन उत्पालनको कमीले मूडमा अस्थिरता ल्याउँछ । पार्किन्सन र अल्जाइमर जस्ता रोगले रिसको व्यवहारलाई प्रभावित गर्छ । यसबाहेक रक्तचाप र मधुमेहले रगतमा चिनीको स्तर सन्तुलन भएन भने पनि चिडचिडापन र रिस उत्पन्न गराउन सक्छ ।
रिसले पार्ने प्रभाव
यसको प्रभाव मानसिक, सामाजिक, शारीरिक र कार्यक्षमतामा देखिन सक्छ । शारीरिकमा उच्च रक्तचाप, हृदयरोग, टाउको दुखाइ पाचन समस्या, मानसिकमा चिन्ता, डिप्रेसन र आत्मसम्मानमा कमी हुनसक्छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् ।