लियोनल मेस्सीकी श्रीमती एन्टोनेला रोकुजो
लियोनल मेस्सीकी पत्नी एन्टोनेला रोकुजो विश्व फुटबलका सबैभन्दा चर्चित जीवनसाथीमध्ये एक हुन्। बाल्यकालदेखि मेस्सीसँगको सम्बन्धका कारण चर्चामा रहेकी उनी अहिले सफल व्यवसायी र सामाजिक सञ्जाल प्रभावकर्ता पनि हुन् । फिटनेस, फेसन र आकर्षक व्यक्तित्वका कारण एन्टोनेलाका लाखौं प्रशंसक छन् ।
फिटनेस, फेसन र आकर्षक व्यक्तित्वका कारण एन्टोनेलाका लाखौं प्रशंसक छन्। तीन सन्तानकी आमा बनेपछि पनि उनको लोकप्रियता निरन्तर बढिरहेको छ ।
एलिसन बेकरकी जीवनसाथी : नतालिया लोवे
ब्राजिलका गोलकिपर एलिसन बेकरकी पत्नी नतालिया लोवे सौन्दर्य र बौद्धिकताको उत्कृष्ट उदाहरण मानिन्छिन् । पेशाले चिकित्सक रहेकी नतालिया सामाजिक सञ्जालमा पनि लोकप्रिय छिन्। सन् २०१५ मा विवाह गरेको यो जोडीका तीन सन्तान छन् ।
एलिसनको सफल करियरमा नतालियाको साथलाई विशेष रूपमा उल्लेख गरिन्छ। सादगीपूर्ण जीवनशैली र आत्मविश्वासी व्यक्तित्वका कारण उनी समर्थकमाझ निकै रुचाइएकी छन्।
क्रिस्टियानो रोनाल्डोका पार्टनर : जर्जिना रोड्रिगेज
पोर्चुगलका विश्वकप स्टार क्रिस्टियानो रोनाल्डोका पार्टनर जर्जिना रोड्रिगेज विश्वकै चर्चित मोडल हुन् । जर्जिनाले अन्तर्राष्ट्रिय फेसन उद्योगमा आफ्नो अलग पहिचान बनाएकी छन् । सामाजिक सञ्जालमा उनका करोडौं फलोअर छन् भने उनको जीवनमा आधारित डकुमेन्ट्री सिरिजले पनि ठूलो चर्चा बटुलेको थियो।
आकर्षक व्यक्तित्व, फेसन सेन्स र ग्ल्यामरस जीवनशैलीका कारण उनी सधैं चर्चामा रहन्छिन्। रोनाल्डोका खेलहरूमा नियमित रूपमा देखिने जर्जिना फुटबल जगत्का सबैभन्दा चर्चित र प्रभावशाली पार्टनरमध्ये एक मानिन्छिन् । उनीहरुको औपचारिक विवाह गरेका छैनन् ।
नेयमारकी पार्टनर ब्रुना बियान्कार्डी
ब्राजिलका स्टार फुटबलर नेयमारकी पार्टनर ब्रुना बियान्कार्डी मोडल, इन्फ्लुएन्सर र सामाजिक सञ्जाल व्यक्तित्व हुन् । फेसन र लाइफस्टाइलसम्बन्धी सामग्रीका कारण उनी लाखौं मानिसमाझ लोकप्रिय छिन् । नेयमारसँगको सम्बन्धपछि उनको चर्चा झन् बढेको हो ।
ब्रुना प्रायः अन्तर्राष्ट्रिय खेल तथा सार्वजनिक कार्यक्रममा नेयमारसँग देखिने गर्छिन् । आकर्षक व्यक्तित्व, फेसन सेन्स र सामाजिक सञ्जालमा बलियो उपस्थिति रहन्छ। हाल उनीहरू एक छोरीका अभिभावक पनि हुन् । तर उनीहरुको विवाह भने भएको छैन ।
फेरान टोरेसकी पार्टनर सिर्ना मार्टिनेज
स्पेनका स्टार फरवार्ड फेरान टोरेसकी पार्टनर सिर्ना मार्टिनेज स्पेनिस फुटबल जगत्की चर्चित अनुहारमध्ये एक हुन्। उनी स्पेनका पूर्व फुटबलर तथा प्रशिक्षक लउविस इनरिक की छोरी हुन्। सामाजिक सञ्जालमा सक्रिय सिर्ना आफ्नो फेसन, यात्रा र जीवनशैलीसम्बन्धी पोस्टका कारण लोकप्रिय छिन्।