विश्वकप केवल गोल र ट्रफीको प्रतियोगिता मात्र होइन, यहाँ खेलाडीहरूको स्टाइल पनि विश्वभर चर्चाको विषय बन्छ । सामाजिक सञ्जालको युगमा खेलाडीहरूको हेयरस्टाइल तुरुन्तै भाइरल हुन्छ ।
कहिलेकाहीँ खेलभन्दा बढी उनीहरूको नयाँ लुक नै हेडलाइन बनिदिन्छ । यसले फुटबललाई खेल मात्र नभई फेसन कल्कोचरको हिस्सा बनाएको छ ।
नेमार जीआर
हेयरस्टाइलको कुरा आउँदा ब्राजिलका फुटबलर नेमार पहिलो नम्बरमा आउँछन । उनले सन् २०१८ विश्वकपमा ब्लड हाइलाइटेड मोह्वाक स्टाइल बनाएका थिए । यो लुक खेल सुरु हुनुअघि नै सामाजिक संजालमा चर्चामा आयो। बीबीसी र भ्यानिटि फेयर जस्ता मिडियाले पनि उनको हेयर स्टाइल हाइलाइट गरेका थिए।
लगातार बदलिने स्टाइल आइकन
उनको विशेषता भनेको बारम्बार हेयर स्टाइल परिवर्तन गर्नु हो। उनले मोह्वाक, अन्डरकट र ब्लोंड डाय र क्रलजस्ता विभिन्न स्टाइल प्रयोग गरेका छन् । प्रत्येक टुर्अनामेन्घिटमा उनको नयाँ लुक सार्वजनिक हुने गर्छ ।
पौल पोग्बा
पौल पोग्बाले आफ्नो कपाललाई पर्सनल एक्सप्रेसनको रुपमा प्रयोग गरेका छन् । उनले लाइटेनिङ डिजाइन, कलर हाइलाइट र सिम्बोलिक प्याटर्न प्रयोग गरेका छन् । मेनचेस्टर युनाइटेड र फ्रान्स टिम पिरियडमा उनका हेयरस्टाइल बारम्बार भाइरल भएका थिए ।
एमफिस डीपे
एमफिस डीपेले हेडब्याण्ड र युनिक फेसन स्टाइलबाट छुट्टै पहिचान बनाएका छन् । युरो २०२४मा हु केयर्स लेखिएको हेड ब्याण्ड लगाएर फ्यानका ध्यान खिचेका थिए । डीपेका अनुसार यो फर्फमेन्स कम्फर्ट र पर्सनल एक्सप्रेशन दुवै हो। सामाजिक संजालमा यो लुक धेरै भाइरल भएको छ ।
क्रिस्टियानो रोनाल्डो
क्रिस्टियानो रोनाल्डोको क्लिन फेड र सार्प लाइन हेयरकट प्रोफेसनल फुटबल स्टाइलको उदारहण मानिन्छ । उनको हेयर स्टाइल साधारण भए पनि उनको अनुहारमा निखारता ल्याउँछ । ब्राण्ड क्याम्पियन र मिडिया शुटमा पनि यही क्लिन लुक प्रयोग हुन्छ ।