हाम्रो शरीरलाई स्वस्थ रहन धेरै भिटामिनहरू चाहिन्छ । जब हामी भिटामिनको कमी अनुभव गर्न थाल्छौं, हाम्रो शरीरमा केही न केही लक्षणहरू देखिन थाल्छन् । मानिसहरू प्रायः यी लक्षणहरूलाई सामान्य मान्छन् ।
बारम्बार थकान र कमजोरी
यदि तपाईंलाई सधैं थकान महसुस भने, यो भिटामिन बी १२, भिटामिन डी, वा फोलेटको कमीको संकेत हुन सक्छ । यी भिटामिनको कमीले ऊर्जा स्तर घटाउँछ ।
कपाल झर्नु र कमजोर नङ
अत्यधिक कपाल झर्नु, नङ चिरा पर्नु, पातलो हुनु र टुक्रा पर्नुको कारण भिटामिन बी ७ र भिटामिन डी को कमीको संकेत हुन सक्छ । कहिलेकाहीं, यो आइरनको कमीसँग सम्बन्धित हुनसक्छ ।
मुखमा घाउ र ओठ फुट्नु
बारम्बार मुखमा घाउ हुने वा ओठ फुट्ने समस्या छ भने भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२, र फोलेटको कमीको संकेत हुन सक्छ । यदि कुनै दुखाइ अनुभव गर्नुभएन भने पनि चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
छाला लगातार सुख्खा हुनु
यदि तपाईंको छाला लगातार सुख्खा रहन्छ वा यो समस्या बढ्दो छ भने यो भिटामिन ए, भिटामिन ई, वा भिटामिन सी को कमीको संकेत हुन सक्छ । तपाईंले आफ्नो आहारमा ध्यान दिनुपर्छ ।
गिजाबाट रगत बग्नु
ब्रस गर्दा गिजाबाट रगत बग्नु वा घाउ छिटो नहुनुले भिटामिन सी को कमीलाई संकेत गर्न सक्छ । भिटामिन सीले शरीरलाई कोलाजेन उत्पादन गर्न र घाउहरू निको पार्न मद्दत गर्छ । यसले हड्डीहरूलाई पनि कमजोर बनाउन सक्छ ।