+

पिसाबको रङले के भन्छ?

रातो रङ

मिर्गौलाको पत्थरी, क्यान्सर, आघात, पिसाबनलीमा कुनै संक्रमण वा रक्तस्राव भएमा पिसाब रातो हुनसक्छ । आवश्यकभन्दा बढी चुकन्दर खाँदा पनि पिसाबको रङ रातो हुनसक्छ ।

हरियो रङ

हरियो वा नीलो रङ प्रयोग गरिएको खानेकुरा वा प्राकृतिक रुपमै हरियो रङ भएको खानेकुरा अत्याधिक मात्रामा खाएमा पिसाबको रङ हरियो हुनसक्छ । एनेस्थेटिक्स, भिटामिन, एन्टिहिस्टामाइन जस्ता केही औषधिको सेवन वा केही ब्याक्टेरियाले पनि रङ हरियो हुन्छ ।

Advertisement

पहेलो र फिक्का सुन्ताला रङ

सामान्य परिस्थितिमा हाम्रो पिसाब पहेंलो रङ र सुन्तलाको रङ जस्तो देखिन्छ । हामीले कति पानी पिउँछौं, त्यसमा पनि भर पर्छ । जति जति पानीको कमी हुँदै जान्छ, पिसाबको रङ गाढा पहेंलो हुने र कहिलेकाहीं सुन्तला रङको हुने गर्छ ।

कालो रङ

बिलिरुबिनले पिसाबलाई यति कालो बनाउँछ कि हेर्दा कालो र खैरो दुवै रंग जस्तो देखिन्छ । मिर्गौला सुन्निने समस्यामा (ग्लोमेरुलोनेफ्राइटिस)मा पनि यस्तो रङ देखिन सक्छ ।

रङ सुन्तला वा खैरो

बिलिरुबिनको मात्रा बढ्यो भने छालाको रङ पनि पहेंलो हुने र पिसाबको रङ गाडा खैरो वा सुन्ताला रङको आउँछ।