मौसम परिवर्तन हुँदा चिसो र कम आर्द्रताको हावाले छालाबाट पानी छिटो बाहिर निकाल्छ। यसले छालाको प्राकृतिक नमी घटाउँछ। त्यसपछि छाला खस्रो, तन्किएको र चिलाउने हुन सक्छ।
छालाको सुरक्षा तह कमजोर हुँदा
छालाको बाहिरी तहले नमी कायम राख्दै बाह्य असरबाट जोगाउँछ । मौसम परिवर्तनले यो सुरक्षा तह कमजोर बनाउन सक्छ। त्यसपछि छाला सुख्खा, संवेदनशील, खस्रो र चिलाउने हुन सक्छ ।
चिसो हावाले किन बढाउँछ रूखोपन ?
चिसो तथा तीव्र हावाले छालाको प्राकृतिक नमी घटाउन सक्छ । कम आर्द्रताका कारण पानी छिटो बाहिर जाँदा अनुहार र शरीरको छाला खस्रो, तन्किएको तथा चिलाउने हुन सक्छ ।
मौसम बदलिँदा कसलाई बढी समस्या ?
पहिले नै सुख्खा वा संवेदनशील छाला भएका व्यक्तिलाई मौसम परिवर्तनको असर बढी पर्न सक्छ। कम तापक्रम र आर्द्रताले छालाको सुरक्षा तह कमजोर बनाउँदा जलन, खुजली र रातोपन बढ्न सक्छ।
छालाको स्वस्थता कसरी कायम राख्ने ?
मौसम बदलिँदा नियमित रूपमा उपयुक्त मोइस्चराइजर प्रयोग गरिन्छ । धेरै तातो पानीले ननुहाउनुहोस् र छालालाई धेरै नघोट्नुहोस् । आफ्नो छालाको प्रकारअनुसार उपयुक्त सौन्दर्य सामग्री प्रयोग गर्नु राम्रो हुन्छ ।