+

दसैंमा कस्तो खानपान ?

दसैंमा खसीबोकाको मासु खाने चलन छ । तर, रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुने भएकाले धेरै खाँदा रगतमा खराब कोलेस्ट्रोल बढ्न सक्छ । त्यसैले, मासु खाँदा मात्रा मिलाउनुपर्छ ।

खसीको मासुको विकल्पमा माछा वा छाला हटाएको कुखुराको मासु खान सकिन्छ । मासुसँगै हरियो सागसब्जी र ताजा सलाद पनि खान सकिन्छ ।

Advertisement

चिल्लो र बोसो कम गर्नुहोस्

दसैंमा मासुका परिकार बनाउँदा तेल र बोसोको प्रयोग बढी हुन्छ । धेरै चिल्लो खानाले अपच गराउनुका साथै लामो समयसम्म यस्तो खानपानले मुटुको स्वास्थ्यमा असर पार्न सक्छ ।

गुलियो र चिसो पेय कम गर्ने

दसैंमा मिठाई, सेलरोटी, केक र चिसो पेयको सेवन बढ्न सक्छ। यस्ता खानेकुरामा चिनी र क्यालोरी बढी हुन सक्छ। विशेषगरी मधुमेह भएका व्यक्तिले गुलियो खानेकुरा र चिनी मिसाइएका पेय पदार्थको मात्रा नियन्त्रण गर्नुपर्छ। चिसो पेयको सट्टा पानी रोज्नुहोस् ।

मदिरा र धूमपानबाट टाढा रहने

चाडपर्वको बहानामा मदिरा र धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ। मदिराले रक्तचाप बढाउन, ट्राइग्लिसेराइडको मात्रा बढाउन र मुटुसम्बन्धी जोखिम थप्न सक्छ । धूमपानले मुटु र फोक्सोमा असर गर्छ। त्यसैले दसैंमा पनि मदिरा र धूमपानबाट टाढा रहनु राम्रो हुन्छ ।