लसुन
प्रि-बायोटिकको स्रोत लसुनमा इनुलिन र फ्रुक्टो–ओलिगोस्याकाराइड्स जसले स्वस्थ ब्याक्टेरियाको वृद्धि गर्छ ।
केरा
केरामा विभिन्न भिटामिन, मिनरल्स र फाइबर हुन्छ, जसमा इन्सुलिनको थोरै मात्रा पनि हुन्छ । यो फलले पेटमा स्वस्थ ब्याक्टेरिया बढाउन र पेटको सुजन कम गर्न मद्दत गर्छ ।
Advertisement
प्याज
प्याजमा प्रि-बायोटिक, एन्टिअक्सिडेन्ट र फ्लेभोनोइड्सको राम्रो स्रोत हो । प्याजमा पाइने इनुलिनले पेटलाई बलियो बनाउने मात्र नभई प्रतिरक्षा प्रणालीलाई पनि मद्दत गर्छ ।
मुसुरोको दाल
मुसुरोको दाल प्रि-बायोटिकको राम्रो स्रोत हो । प्रोटिनको राम्रो स्रोत हुनुका साथै यसले आन्द्रालाई राम्ररी चलाउन पनि मद्दत गर्छ ।
स्याउ
स्याउमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबर प्रचुर मात्रामा हुन्छ । स्याउमा पाइने फाइबरमा पेक्टिन हुन्छ, जसले आन्द्रामा स्वस्थ ब्याक्टेरिया बढाउँछ र हानिकारक ब्याक्टेरिया घटाउँछ ।