+

एयरफोन प्रयोग गर्नुहुन्छ ? हुनसक्छ यस्तो समस्या

चक्कर लाग्ने

लामो समयसम्म एयरफोनमा आवाज सुनिरहँदा चक्कर लाग्ने समस्या बढी हुन्छ । ठूलो आवाज धेरैबेरसम्म सुन्दा त्यसले टाउकोमा असर गर्ने गर्छ ।

स्थायी तथा अस्थायी श्रवण शक्ति गुम्ने जोखिम

नियमित ठूलो स्वरमा आवाज सुन्ने तथा ठूलो आवाजमा बाहिरै पनि गीत बजाउँदा मान्छेको स्थायी तथा अस्थायी श्रवणशक्ति गुम्ने जोखिम बढी हुन्छ ।

Advertisement

कानमा इन्फेक्सन

नियमित एयरफोन वा हेडफोनहरू लगाउँदा कानभित्र हावा छिर्ने मार्गमा अवरोध भै ब्याक्टेरियाको विकासले कानको संक्रमण गराउन सक्छ ।

कानको दुखाइ

लामो समयसम्म इयरफोन प्रयोग गर्दा प्राकृतिकभन्दा धेरै आवाज एयरफोनको माध्यमबाट कानसम्म पुग्छ । जसले बाहिरी कानमा अत्याधिक दबाब पर्ने र कानको पर्दामा पर्ने असरले पनि कान दुख्ने समस्या बढ्ने गर्छ

एकाग्रतामा समस्या

एयरफोनहरु धेरै साना भएपनि यसबाट निस्कने आवाजले कानको पर्दामा ठूलो नकारात्मक प्रभाव पार्न सक्छ । ध्वनि कानबाट मस्तिष्कसम्म पुग्छ र यसले स्नायु प्रणालीलाई असर गर्छ । जसलेकुनैपनि कुरामा गहिराइमा ध्यान दिने र एकाग्र बन्ने क्षमतामा कमी आउँछ ।