भ्रम : महिनावारीमा अमिलो खानेकुरा खान हुँदैन ।
महिनावारी भएका बेला अमिलो खान मिल्छ । कागती र लप्सी जस्ता अमिलो खानेकुरामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
भ्रम : यो समयमा दौडिनु तथा धेरै व्यायाम गर्नु हुँदैन ।
ज्यादा भागदौडले रगत बढी जान्छ भन्ने सोच बिल्कुल गलत हो । खेल्दा र व्यायाम गर्दा रगत तथा अक्सिजनको प्रवाह सुचारु भै पेट दुख्ने जस्ता समस्याबाट जोगाउँछ ।
भ्रम : महिनावारीको समयमा निस्कने रगत अशुद्ध हुन्छ ।
महिनावारी रगत न त अशुद्ध हो न त यसले शरीरबाट कुनै किसिमको विषाक्त पदार्थ निकाल्छ ।हरेक महिनामा हुने महिनावारी सन्तान उत्पादनका लागि सक्षम छ भन्ने प्रमाण र जरुरी प्रक्रिया हो ।
भ्रम : महिनावारी हुँदा यौनसम्पर्क गर्नुहुँदैन ।
महिलालाई कुनै दुखाइ वा समस्या छैन भने यौनसम्पर्क गर्न मिल्छ । तर सुरक्षित साधनको भने प्रयोग गर्नुपर्छ ।
भ्रम : महिनावारीमा प्रयोग हुने ‘महिनावारी कप’ को प्रयोगले कुमारीत्व भंग हुन्छ ।
महिनावारी कपको प्रगोग गर्नेमा दोमन हुनै पर्दैन । यो साधन अत्यन्त मुलायम हुने भएकाले छालमा कुनै किसिमको हानि नगर्नुका साथै प्रयोग गर्न सहज पनि छ ।
भ्रम : महिनावारीमा प्रयोग हुने प्याड वा पेन्टी अरुले देखे बिगार पार्न सक्छन् ।
रगतको दागको गलत प्रयोग गरी पाठेघरको अवस्था खराब पार्ने अन्धविश्वास हो । प्याडलाई सुरक्षित तरिकाले भने व्यवस्थापन गर्नुपर्छ । जथाभावी फाल्दा वातावरण भने पक्कै प्रदूषित हुनसक्छ ।