+

शरीर थकित किन भइरहन्छ ?

विलासी जीवनशैली

शारीरिक गतिविधि कम गर्ने, टन्न खाने र बढी आरामदायी जीवन खोज्दा मानिसहरू सानो काम गर्दा पनि थकित महसुस गर्छन् । यसले काम गर्ने क्षमता घटाइरहेको हुन्छ ।

निद्राको कमी

निद्राले दिनमा तन्दरुस्त रहनको लागि ब्याट्रीले रिचार्ज गरे जत्तिकै दिन भर गलेका शरीरको कोषमा ताजगी भर्ने काम गर्छ । कुनै कारणवश निद्रा पुगेन भने शरीरमा उर्जा कम भई थकाइ लाग्छ।

Advertisement

गलत खानपान

समय मिल्दा खाने, कहिले नखाने, खाएपछि टन्न खाने गर्दा शरीरले खाएको खानेकुरालाई सन्तुलन गर्न सक्दैन । अव्यस्थित खानपानले शरीरलाई चाहिने पोषण पुग्दैन । पोषण नपुग्दा शरीरमा ऊर्जा कम हुन्छ र थकान भइरहन्छ ।

पानीको कमी

थकानका कारण शरीरमा पानीको कमी हो, जसलाई हामी डिहाइड्रेसन पनि भन्छौं । यदि हाम्रो शरीरले राम्रोसँग काम गर्ने हो भने त्यसको लागि हामीलाई पर्याप्त मात्रामा पानी चाहिन्छ ।शारीरिक गतिविधि जति बढी भयो त्यति बढी मात्रामा पानी पिउनुपर्छ ।

कामको चाप

कामको चाप धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले शरीरमा स्वतः स्फूर्त रहन दिंदैन । यसको तनावले बिस्तारै बिस्तारै मानिसलाई गलाइरहेको हुन्छ, जसले शरीर थकान हुन्छ ।

डिप्रेसन

यो समस्या भएका उदासी र निराश हुन्छन् । उनीहरुले सामान्यतया दीर्घकालीन थकान अनुभव गर्छन् ।

चिन्ता र तनाव

लामो समयदेखि चिन्तित वा तनावमा रहेको व्यक्तिले आफ्नो शरीरलाई ओभरड्राइभमा राखेर एड्रेनालिन हर्मोनको वृद्धि गर्छ। यो हर्मोनको निरन्तर बढ्दा शरीरलाई थकाउँछ ।