+

चाहिनेभन्दा बढी सोच्दा के हुन्छ ?

इम्युनिटी प्रभावित

तनावग्रस्त हुँदा कोही बिरामी नै हुन्छन् । किनकि तनावमा कोर्टिसोल नामक तनाव हार्मोन निस्कन्छ । तनावले शरीरमा कोर्टिसोल हार्मोनको रिलिज गर्छ । कोर्टिसोल हार्मोन बढेमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ ।

हर्मोन असन्तुलन

दिमाग नकारात्मक विचारमा केन्द्रित भै रहँदा हार्मोनको सन्तुलन बिग्रिन्छ । रगतमा कोर्टिसोल बढ्छ । शरीरमा उत्पादन हुने खुसीको हर्मोन पनि प्रभावित भइ निराश, दु:खी र उदासी भावना हावी हुन्छ ।

Advertisement

मुटु स्वास्थ्य प्रभावित पार्छ

धेरै सोचाइ र चिन्ताले मुटुको स्वास्थ्यलाई जोखिममा पार्न सक्छ । अति सोच्ने बानी बढ्दै गएपछि रगतमा एड्रेनालाइन हार्मोनको मात्रा बढेर मुटुको दर र रक्तचाप बढाउँछ । जसकारण रगतमा ब्लड सुगरको समस्या बढ्ने जोखिम  हुनसक्छ ।

पाचन प्रणाली खराब

तनावपूर्ण विचारले स्नायु प्रणालीलाई उत्तेजित पारी पाचनप्रणालीमा रक्तसञ्चार कम हुन्छ, जसले पाचननली खुम्चिन्छ । पाचनरसको उत्पादनलाई घटाइदिन्छ । जसकारण आन्द्रामा समस्या, इरिटेबल बाउल सिन्ड्रोम र ग्यास्ट्रिक, ग्यास र कब्जियत हुनसक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव

एकै कुरालाई लिएर अत्याधिक सोच्ने क्रममा नकरात्मक भावनामा लगातार ध्यान केन्द्रित हुन्छ । जसले दिमागको सन्तुलनलाई बिगार्छ । जसले चिन्ता, डिप्रेसन र अन्य मानसिक समस्याबाट ग्रस्त हुने सम्भावना बढ्छ ।

निद्रामा समस्या

मनमा अनेक भावना र विचारको द्वन्द्व मन शान्त हुँदैन । मनमा शान्त नहुँदा निद्रा बिथोलिन्छ । भावनालाई नियन्त्रण गरिएन भने निद्रा कम आउने र निद्रा लागिहाले पनि ब्युँझिने हुन्छ ।