+

पाँच संकेत देखिए हुनसक्छ कलेजोमा समस्या

दुखाइ

कलेजो सुन्निएमा पनि पेटको आकार स्वाभाविक भन्दा बढेको देखिन्छ । पेट बढेसँगै बेला बखत दुख्छ भने कलेजो सुन्निएको पनि हुनसक्छ ।

मुखको स्वाद बिग्रनु

ज्वरो आएको बेला खानेकुराको स्वाद फेरिएर खानेकुरा मिठो लाग्दैन । यद्यपि ज्वरो नआएको अवस्थामा पनि खानेकुराको स्वाद फेरियो भने कलेजोमा केही समस्या छ भनेर बुझ्न सकिन्छ ।

Advertisement

अत्यधिक थकान

अत्यधिक थकान हुनु, छाला रुखो हुनु र आँखाको आसपासमा कालो घेरा बन्नु पनि कजेलो खराब भएको संकेत हुनसक्छ । किनकि कलेजो कमजोर भएको स्थितिमा छाला क्षतिग्रस्त हुन्छ ।

पिसाबको रंग

कलेजो खराब भएको स्थितिमा पिसाबको रंग बदलिन्छ । यस्तो अवस्थामा पिसाबको रंग गाढा देखिन्छ । यसैगरी जन्डिसमा जस्तै नङ एवं आँखाको भाग पहेंलो हुन्छ ।

अपच

कलेजोमा खराबी आए दिनहुँ खाना खान मन लाग्दैन । खाएको पच्दैन । पेटमा ग्यास बढ्छ । यी लक्षण देखिए कलेजो खराब भएको बुझ्न सकिन्छ ।