
तनाव
अत्याधिक तनाव भएमा दिमागले राम्रोसँग काम गर्न नसकी कुनै पनि कुरा भण्डारण गर्न सकेको हुँदैन । यस्तोमा ध्यान एकत्रित नहुने र चिड्चिडापन बढेर कुन कुरा दिमागमा राख्ने र कुन नराख्नने राख्न भनेर दिमाग अल्मलिएको हुन्छ ।

दिमागले दिने महत्व
यदि दिमागलाई कुनै कुरा महत्वपूर्ण लाग्छ भने त्यसले मेमोरीमा भण्डारण गर्छ । दिमागलाई महत्वपूर्ण नलागे त्यो जति नै बाहिरी समाजमा महत्वपूर्ण भए पनि मेमोरीमा भण्डारण हुन सक्दैन ।
Advertisement

भिटामिन बी–१२ को कमी
शरीरमा भिटामिन बी-१२ को कमीले रातो रक्तकोषिकाको मात्रा कम हुन्छ । जसले मानिसको स्नायुप्रणाली अर्थात् सोच्ने शक्ति खराब हुँदै जान्छ ।

वातावरण
स्मरण शक्तिमा कहिलेकाहीं वातावरणले पनि फरक पार्छ । जस्तै, कुनै महत्वपूर्ण छलफल भइरहेको ठाउँमा वरिपरि ध्वनि प्रदूषण र झैझगडाका कारण पनि त्यति बेलाको कुरा मेमोरीमा भण्डारण हुन नसक्ने हुन्छ ।