डर
बच्चाहरुले झुटो बोल्नुको मुख्य कारण डर हो । कतिपय अभिभावकले बच्चालाई केही गल्ती गरेमा गाली गर्ने र कुटपिट गर्ने बानी छ भने साँचो बोल्दा गाली गर्ने डरले झुटो बोल्न सक्छन् ।
केही पाउने आशमा
बच्चाले केही पाउने इच्छा भएमा पनि झुटो बोल्ने गरेको देखिन्छ । बच्चाले सिधै यो चाहियो भनेर आमाबुवासँग माग गर्दा सहजै नकिनेको अवस्था छ भने उनीहरुले झुटो बोल्छन् ।
Advertisement
अभिभावकको झुटो बोल्ने बानी
बच्चाले झुटो बोल्न आमाबुवाको सिको गरेका पनि हुन्छन् । धेरैपटक आमाबुवाले बच्चाको अगाडि कुनै कारणले अरुसँग कुराकानी गर्दा झुटो बोलेको देखेर पनि उनीहरु सिक्नछन् । किनभने छोराछोरीको पहिलो स्कुल घर मानिन्छ भने पहिलो गुरु आमाबुवा मानिन्छ ।