घामको चामत्कारिक गुण
प्रातकालीन घामको किरण कुनै औषधिभन्दा कम हुँदैन । यसले हड्डी र मांसपेशी बलियो बनाउन सहयोग गर्छ । बिहानी घामको किरणले प्रतिरक्षा प्रणालीको हाइपरएक्टिभिटीलाई हटाएर सोरायसिस जस्ता छालासम्बन्धी रोगबाट बचाउँछ ।
घामले मानसिक स्वास्थ्यमा पनि प्रभाव
बिहानको कलिलो घाममा मानिसको मन फुरुंग हुन्छ । तर चिसो र ओसिलो याममा हामी उदास हुन्छौं । यसबाट के प्रष्ट हुन्छ भने मानसिक रुपले तन्दुरुस्त रहन पनि घामको किरण जरुरी हुन्छ । ।
निद्रा र पाचनमा सहयोग
घामको किरणले निद्रा र पाचनमा पनि प्रभाव पार्छ । दिनमा मस्त घाम तापेको छ भने राति निद्रा राम्ररी पर्छ । यसैगरी यसले मेटोबोलिज्ममा पनि सुधार गर्छ, जसले गर्दा खानेकुरा पचाउन सहज हुन्छ ।
कुन समयमा सूर्यस्नान ?
बिहान ८ देखि ९ बजेसम्मको घाम ताप्नुपर्छ । यसैगरी अपरान्ह चार बजेपछिको घाम ताप्नु पनि लाभदायक हुन्छ । घाममा कम्तीमा १० मिनेटसम्म बस्नुपर्छ ।
जसले अनिवार्य ताप्नैपर्छ
बालबच्चाका लागि घाम एकदमै अपरिहार्य छ । शिशुलाई घामको तापमा मालिस गरिदिनुपर्छ । यसैगरी सुत्केरी र बुढापाकालाई पनि घाम जरुरी हुन्छ ।