+

स्क्रिनमा बस्दा आँखा सुक्खा भइरहन्छ, के गर्ने ?

कसरी हुन्छ ?

स्क्रिनयुक्त उपकरण ल्यापटप वा मोबाइलमा लामो समय एकहोरो हेर्दा परेला धेरै बेर  खोलेको पत्तो हुँदैन  । यसरी हेर्दा आँखाको नियमित गतिमा अवरोध भई आँसुको कमी भै आँखा रसाउन पाउँदैन । जसकारण आँखा सुक्खा हुन्छ ।

कसरी थाहा पाउने ?

आँखा सुक्खा हुँदा आँखा पोल्ने, रातो हुने, आँखा सुन्निने, अगाडिको दृश्य धमिलो हुने, एउटै दृश्यलाई दुई वा दुईभन्दा बढी देखिने र आँखा भारी भएको अनुभव हुन्छ ।

Advertisement

कसरी बच्ने ?

हरेक २० मिनेट कम्प्युटर, ल्यापटपमा काम गरिसकेपछि २० मिटर टाढा आँखा पुर्‍याएर २० पटक आँखा झिम्काउनुपर्छ । यो नियम दैनिक पछ्याउन सके आँखालाई सुक्खा हुनबाट जोगाउन सकिन्छ ।

जोखिम

आँखा सुक्खा हुने समस्यालाई समयमै ध्यान दिएन भने यो रोग बढ्दै गई मायोपिया, हाइपरोपिया-हाइपरमेट्रोपिया वा अन्य आँखाको समस्या आउन सक्छ ।

उपचार

आँखा सुक्खा भएको महसुस हुनासाथ चिकित्सकलाई देखाएर आवश्यक औषधि गराउनुपर्छ । चिकित्सकको सल्लाहमा आइड्रप लगाउनुपर्छ ।