+

खाना खानेबित्तिकै गर्न नहुने ७ गल्ती

पानी खाने पिउने बानी

खाना खानेबित्तिकै पानी खाँदा पाचनप्रक्रिया सुस्त हुन्छ, जसले खाना सजिलै पच्न सक्दैन । पेट डम्म हुने छिटो भोक नलाग्ने हुन्छ । त्यसबाहेक पेटमा छिटो बोसो लाग्ने र बढ्ने हुन्छ ।

खाना खानेबित्तिकै फलफूल खाने बानी

खाना खानेबित्तिकै फलफूल खानु हुँदैन। खानासँगै फलफूल मिसिंदा पाचनसम्बन्धी समस्या आउने, अम्लीय गराउने र खानामा पाउने पोषण तत्व पूर्ण रुपमा प्राप्त हुँदैन ।

Advertisement

धुम्रपान गर्ने बानी

खाना खानेबित्तिकै चुरोट खानु भनेको १० गुणा बढी स्वास्थ्यलाई हानि पुर्‍याउनु हो । चुरोटमा कार्सिनोजेन्स हुन्छ, जसले इरिटेबल बोउल सिन्ड्रोम र अल्सरको समस्या निम्त्याउन सक्छ ।

नुहाउने बानी

खाना खानेबित्तिकै शरीरको ऊर्जा जति पेटमा केन्द्रित हुन्छ र पचाउन सक्रिय हुन्छन् । यस्तोमा जब तपाईं खानापछि नुहाउनुहुन्छ वा स्वीमिङ खेल्दा शरीरमा चिसो पानी पर्छ । रगतको प्रवाह सतहतर्फ गई पेट कमजोर हुन्छ ।

शारीरिक गतिविधि गर्ने बानी

खाना खाएपछि व्यायाम गर्ने, खेल्ने र उफ्रिने गर्दा पाचन प्रक्रियामा बाधा पुग्न सक्छ । यसले बान्ता हुने, चक्कर लाग्ने, पेट फुल्ने, आफैंलाई थाकेको महसुस हुन सक्ने र मुटुकै समस्या समेत देखिन सक्छ ।

चिया, कफी, कोल्ड डिंक खाने बानी

खाना खाइसकेपछि चिया वा कफी पिउने बानीले खाना पचाउने प्रक्रियालाई अवरोध बनाउँछ । त्यसमा हुने क्याफिनले अल्सरको समस्या गराउन सक्छ ।

खाना खानेबित्तिकै सुत्ने बानी

खाना खानेबित्तिकै सुत्नाले खाना राम्रोसँग पच्न पाउँदैन । शरीरमा टक्सिन बन्ने, कोलेस्टेरोल बढ्ने र रगत प्रदूषित हुन सक्ने पनि हुन्छ ।