किनमेललाई कठिन बनाउनुहोस्
अहिलेको डिजिटल युगमा किनमेल एक क्लिकमै घर पुग्छ । तर यही सहजताले अनावश्यक खर्च बढाउँछ । किनमेल प्रक्रियामा अलि ‘फ्रिक्सन’ (अवरोध) सिर्जना गर्नुहोस् । कार्ड विवरण हटाएर प्रत्येक पटक टाइप गर्नुहोस् । यसले सोच्ने समय दिन्छ –'के यो सामान साँच्चै चाहिन्छ ?' अलि कठिन बनाउँदा कम किन्नुहुन्छ ।
विष्य होइन, आजको बारेमा सोच्नुहोस्
हामी प्रायः ‘भविष्यको म’ लाई सोचेर सामान किन्छौं , जस्तै, 'अहिले किन्यो भने पछि पार्टीको लागि हुन्छ ।' तर वास्तविकतामा त्यो सामान कहिल्यै प्रयोग हुँदैन । त्यसैले, सामान रोज्नु अघि एकपटक विचार गर्नु उचित हुन्छ ।
सूची बनाउनुहोस्
मन लागेका सबै सामान तत्काल नकिन्नुहोस् । मोबाइलको नोट्स वा कापीमा सूची बनाएर राख्नुहोस् । महिनाको अन्त्यमा त्यो सूची हेर्नुहोस् । धेरैजसो सामानप्रतिको मोह हराइसकेको हुन्छ । क्षणिक आवेगमा किनेका सामान पछि बेकाम लाग्छन् । सूची बनाउँदा अनावश्यक खरिद घट्छ ।
साटासाट र सापटी लिने बानी बसाल्नुहोस्
सबै सामान आफैं किन्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ मात्र प्रयोग हुने लुगा, औजार वा सामग्री साथीभाइबाट सापटी लिनुहोस् । समारोहका महँगा लुगाहरू साटासाट गर्नुहोस् । फेसबुक मार्केटप्लेस वा ‘बाई नथिङ’ समूहबाट निःशुल्क सामान लिन सकिन्छ ।