+

यी हुन् विश्वका सुन्दर चर्च

ईसाईहरूको चर्च प्राथना घर मात्र हुँदैन । त्यो वास्तुकलाको आकर्षक गन्तव्य पनि हुन्छ । संसारमा धेरै चर्चहरू उनीहरूको वास्तुकलाका कारण निकै प्रसिद्ध समेत छन् ।

ट्रोम्सोसुन्ड पेरिस चर्च

नर्वे ट्रोम्सेमा अवस्थित ट्रोम्सोसुन्ड पेरिस चर्च आधुनिक वास्तुकलाको उत्कृष्ट नमुना हो । यसलाई आर्कटिक क्याथेड्रल भनेर समेत चिनिन्छ । यसको सरल, सुन्दर बाहिरी भागले वपरम्परागत सामी घरहरूको समेत झल्को देखिन्छ ।

Advertisement

चर्चाको भित्री भागमा ‘येशूको आगमन’ शीर्षकको आकर्षक सिसाको मोजेक छ । मोजेक भनेको एक सिसा, ढुङ्गा अथवा टाइटलबाट निश्चित ढाँचामा बनाइने एक प्रकारको कला हो।

मोनास्टेर नोट्रे डे सिमिज

यो चर्चमा फ्रान्समा अवस्थित छ । यो चर्चको बाहिर ठूलो बगैंचा छ । यसकारण फूल र जडीबुटीले भरिएको बगैंचाका लागि समेत यो चर्च चिनिन्छ । चर्चको उक्त बगैंचाबाट नाइस शहरको सुन्दर दृश्य देख्न सकिन्छ । नजिकै चिहान क्षेत्र पनि छ । जहाँ प्रसिद्ध कलाकार माटिसको चिहान पनि छ ।

डुओमो नुवो

इटालीको ब्रेस्सियामा रहेको डुओमो नुवो १७औं शताब्दीको चर्च हो । यसमा मार्बल र विशाल डोमहरू छ । यसकारण यसलाई उत्कृष्ट इटालेली चर्च मानिन्छ । यद्यपि यहाँको सबैभन्दा खास हेर्न लायक ठाउँ १२औं शताब्दीमा बनेको 'डुओमो भेकियो' हो । यो गोलाकार (रोमानेस्क रोटुन्डा) छ । यसमा जमिनमुनि एउटा पुरानो चिहानघर समेत छ ।

मारिया, कोएनिगिन डेस फ्रिडेन्स

जर्मनीको नेभिगेस शहरमा रहेको मारिया, कोएनिगिन डेस फ्रिडेन्स विश्वकै सबैभन्दा मनमोहक चर्चमध्ये एकमा पर्छ । यसको निर्माण सन् १९६६ देखि १९६८ को बीचमा भएको मानिन्छ । यसमा कङ्क्रिट र सिसा प्रयोग गरिएको छ ।

लुजान क्याथेड्रल

स्विट्जरल्याण्डको लुजानमा रहेको लुजान क्याथेड्रल अग्लो स्थानमा छ । त्यहाँबाट ताल र टाढाका आल्प्स पर्वतहरू देखिन्छ । यो चर्च भने १२औं शताब्दीमा बनाइएको बताइन्छ । यहाँ गोथिक वास्तुकला हेर्न सकिन्छ । यदि केही पैसा तिरे यहाँको ‘बेल टावर’ पनि चढ्न सकिन्छ ।

इटालियन च्यापल

स्कटल्यान्डको ओर्कनेमा रहेको इटालियन च्यापल पनि उस्तै आकर्षक छ । दोस्रो विश्वयुद्धका इटालेली युद्धबन्दीहरूले बनाएको चर्चमा उनीहरूको शिल्प कौशल देखिन्छ । विशेषत: उनीहरूले युद्धको समयमा उपलब्ध धातु, काठ, रङ र अन्य सामग्रीको प्रयोग गरेर यो च्यापल बनाएका थिए ।