+

फाइबर उच्च मात्रामा पाइने दश खानेकुरा

काउली

प्रशस्त फाइबर पाइने यो तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट र मिलरल्स पनि पर्याप्त हुन्छ । काउलीलाई दैनिक उपभोग गर्न सकेमा कब्जियत र मोटोपनजस्ता समस्याबाट टाढा राख्न मद्दत गर्छ ।

आलु

आलुको बोक्रा र स्टार्चमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यति मात्र होइन आलु पोटासियम, भिटामिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट र प्रोटिनको राम्रो स्रोत हो ।

Advertisement

हरियो सागसब्जी

हरियो सागसब्जीमा उच्च फाइबर र भिटामिन भरपुर मात्रामा हुन्छ । यसको नियमित सेवनले मोटोपन नियन्त्रण गर्न, कब्जियत हुन नदिने, हड्डी बलियो बनाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

सिमी

सिमीमा कोलेस्टोरोल कम गर्ने फाइबर पाइन्छ । विशेष त यसले पाचन, हड्डी र मुटु स्वस्थ राख्न मद्दत गर्छ ।

जौको पिठो

फाइबरको राम्रो स्रोत जौको पिठोमा प्रोटिन, भिटामिन र अन्य पोषक पाइन्छ । यसले अरुचिको समस्या कम गर्ने, पाचन प्रणालीलाई बलियो बनाउने, तौल नियन्त्रण गर्न र छाला स्वस्थ राखे काम मद्दत गर्छ ।

काँक्रो

काँक्रोमा फाइबर प्रशस्त मात्रामा पानी पाइन्छ । काँक्रोको सेवनले शरीरमा भएको कोलेस्टेरोलको मात्रालाई कम गर्न मद्दत गर्छ भने यसको दैनिक सेवनले शरीरको तौल घटाउन, अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।

एभोकाडो

फाइबरको अर्को स्रोत हो एभोकाडो । यसलाई रोटी वा पाउरोटीमा जाम जस्तै गरी राखेर खान सकिन्छ ।

केरा

केरामा भरपुर मात्रामा फाइबर पाइन्छ । पाकेको केरा त्यसै बोक्रा निकालेर पनि खान सकिन्छ भने यसलाई सलाद, जुस र सेकका रुपमा खान सकिन्छ । पाकेको केरामा भन्दा काँचो केरामा फाइबरको मात्रा बढी हुन्छ ।

अम्बा

अम्बामा पर्याप्त मात्रामा फाइबर, भिटामिन सी र प्रोटिन पाइन्छ । जाडो महिनामा पाइने अम्बा दिउँसो खानु राम्रो हुन्छ ।

ड्राइफ्रुट्स

बदाम, पेस्ता, ओखर, काजुजस्ता ड्राइफ्रुट्समा पनि फाइबर पर्याप्त हुन्छ । ड्राइफ्रुट्स दैनिक मिलाएर खान सकिन्छ । बदाम, काजु र पिष्टा एकचोटि धेरै खानु भने हुँदैन, मात्रा मिलाएर खानुपर्छ ।