कारण
कुनै कारणवश गर्भावस्थामा साल निकाल्ने वा शरीरले निकाल्ने हर्मोन प्रोजेस्टोरोनको कारणले रक्तनलीमा प्रेसर बढ्न गइ रक्तचाप बढ्न सक्छ ।
कस्तो महिला जोखिममा ?
पहिला देखि रक्तचाप उच्च भए, मोटोपन, ढिलो उमेर, गर्भमा जुम्ल्याहा वा तीन शिशु, पहिलेदेखि नै मिर्गौला सम्बन्धित रोग भएकी महिला रक्तचापको जोखिममा पर्छन ।
रक्तचाप बढे के हुन्छ ?
शिशुलाई रगतको मात्रा राम्रोसँग नपुग्ने, शिशुलाई आवश्यक पर्ने पोषण तत्त्व नपुग्ने, शिशु कम तौलको हुने, वृद्धिविकासमा बाधा पुग्न सक्छ । रक्तचाप नियन्त्रणमा भएन भने गर्भवती महिलामा मस्तिष्क घात, हृदयाघात, मुटु फेल हुने, मिर्गौला फेल हुने समेत हुन सक्छ ।
उच्च रक्तचाप भए के गर्ने ?
उच्च रक्तचाप देखिएमा शिशुलाई असर नगर्ने खालको औषधि खाइ नियन्त्रण ल्याउन सकिन्छ । जोखिमलाई कम गर्नका लागि बेला बेलामा रक्तचाप नाप्ने, मोटोपना बढी भएमा शारीरिक तौल घटाउनुपर्ने हुन्छ । कसैलाई चिकित्सकको निगरानीमा अस्पताल राख्नु पर्ने हुन्छ ।
कसरी बच्ने ?
व्यायाम, योग गर्ने, धूम्रपान, मदिरापान नगर्ने, मोटोपना घटाउने, नुन कम खाने, धेरै गुलियो, कार्बोहाइड्रेट बढी भएको खाना तथा धेरै चिल्लो खाना कम खाने र हरियो सागपात एवं तरकारी र फलफूल प्रशस्त मात्रामा खाएमा रक्तचापबाट बच्न र नियन्त्रण गर्न सकिन्छ ।