+

मखाना एक ‘सुपर फुड’

के हो मखाना ?

मखानालाई फक्स नट, लोटस सीड र केही अन्य नामले पनि चिनिन्छ । यो कमलको फूलको बीउ हो । यसलाई आहारामा नियमित रूपमा सामेल गर्न सके स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा पाउन सकिन्छ ।

के पाइन्छ मखानामा ?

मखानामा प्रोटिन, फाइबर, भिटामिन सी, क्याल्सियम, आइरन, जिंक, एन्टिअक्सिडेन्ट म्याग्नेसियम, पोटासियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । अनेकौं गुण र स्वादिष्ट भएकाले यसलाई ‘सुपर फुड’ पनि भन्ने गरिन्छ ।

Advertisement

के हुन्छ मखाना खाँदा ?

मखाना स्वस्थ खाजाको विकल्प हो । मधुमेह नियन्त्रण, रोगप्रतिरोधात्मक क्षमता विकास, सबै उमेर समूहका लागि सुपाच्य, कब्जियतको समस्याबाट राहत, तौल नियन्त्रण, पाचनप्रणालीमा सुधार गर्ने जस्ता फाइदा मखानाले गर्छ ।

कसरी खाने ?

मखानालाई सातुको रुपमा, दूधमा उमालेर वा सुक्खा भुटेर वा त्यत्तिकै पनि खान सकिन्छ । घिउमा भुटेर तथा खीर बनाएर वा बच्चालाई लिटो बनाउँदा मिसाउन सकिन्छ ।

कति बेला खाने ?

मखाना जुनसुकै बेला पनि खान सकिन्छ । सबैभन्दा बढी खाली पेटमा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।