+

स्लिम शरीरको रहस्य

स्लिम शरीर पाउन कुनै जादुवाला तरिका छैन । केही बानीले भने स्लिम बन्ने लक्ष्य सम्म पुर्‍याउन मद्दत गर्छ ।

क्यालरीमा ध्यान दिने

अत्याधिक क्यालरी खाँदा तौल बढ्छ । त्यसैले, क्यालरी शरीरको आवश्यकता अनुसार मात्र खानुपर्छ ।

Advertisement

प्रोटिन खानुहोस्

प्रोटिनले मांशपेसी तगडा राख्न र पेट अगाएको लामोसमयसम्म अनुभव गराउँछ । जसले अत्याधिक खान मन लाग्दैन । दाल, माछा, अण्डा र पनिर प्रोटिनको लागि राम्रो स्रोत हो ।

फाइबर बढी खानुहोस्

फलफूल, तरकारी र अन्नमा भरपूर फाइबर हुन्छ । यस्ता खानाले पनि पेटलाई लामोसमयसम्म टन्न राख्छ । क्यालरी वर्न गर्न पनि मद्दत गर्छ ।

अत्याधिक चिनी र जंक फुड कम खाने

उच्च चिनी र तेलमा तारेको, भुटेको खानाले शरीरमा बढी बोसो  जम्मा हुन थाल्छ । त्यसैले, यी खानाबाट जति टाढा रह्यो उति राम्रो ।

पर्याप्त पानी

पर्याप्त पानी खाँदा क्यालरी बढी खपत हुन्छ । जसले तौल कम गर्ने र डिहाइड्रेसन हुन दिंदैन ।

कार्डियो

दौडिने, साइकल चलाउने, पौडी खेल्ने जस्ता कार्डियो गतिविधिले पनि क्यालरी खपत गर्ने र अनावश्यक बोसो कम गर्न मद्दत गर्छ।

वेट ट्रेनिङ

मांसपेशी बनाउनको लागि वेट ट्रेनिङ जरुरी हुन्छ। मांसपेशी तगडा बन्दै गएपछि मेटाबोलिजम पनि तीव्र हुन्छ । क्यालरी वर्न गर्ने क्षमता पनि बढ्छ ।

योग

योगले शरीरमा लचकता ल्याउँछ ।मानसिक शान्ति मिल्छ । वजन नियन्त्रण गर्ने र शरीरलाईआकर्षक पनि बनाउँछ ।