+

५ संकेत, जब कोही प्रेममा पर्छन्

आफ्नो स्याहारसुसारमा बढी ध्यान दिने

प्रेममा परे पछि व्यक्ति आफूलाई राम्रो र आकर्षक देखाउन बढी मेहेनत गर्न थाल्छ । सफा सुग्घर हुने, चिरिच्याट्ट पारेर लुगा लगाउँछ । प्रेमी-प्रेमिकाको नजरमा कसरी राम्रो देखिने भन्नेमा ध्यान बढी हुन्छ ।

मक्ख पर्ने, मनमनै खुसी भइराख्ने

भर्खर-भर्खरै प्रेममा परेकाहरू आफैंमा खुसी देखिन्छन् । सानोतिनो तनावले उनीहरूलाई छुँदैन । सबै कुरा भुलेर आफैंमा रमाइरहेका देखिन्छन् । मन पराएको व्यक्तिलाई सम्झिएर मनमनै मक्ख पर्छन् ।

Advertisement

एकान्तमा बस्न रुचाउने

प्रेममा परेकाहरू प्रायः आफ्ना साथी सर्कलबाट टाढिएर एक्लै बस्न रुचाउँछन् । जमघट, भोजमा त्यति सामेल हुन रुचाउँदैनन् । एकान्तमा बसेर आफूले मन पराएको मान्छेको बारेमा कल्पिन रुचाउँछन् ।

प्रेमिल संगीत सुन्न थाल्ने

प्रेममा परेका व्यक्तिलाई गीत-संगीतले थप आकर्षित गर्छ । प्रेमिल गीत सुन्दा उनीहरूले आफ्नो भावना अभिव्यक्त भएको महसुस गर्छन् । गीतको कल्पनामा डुबेर शब्दशब्दमा हराउन थाल्छन्, त्यसका पात्रमा आफूलाई खोज्न थाल्छन् ।

नजिकिने बहाना खोज्ने

आफ्नो प्रेमी वा प्रेमिकासँग कसरी बोल्ने, कसरी नजिकिने भन्ने कुरामा उनीहरूको ध्यान धेरै जान्छ । आफूले प्रेम गरेको व्यक्तिसँग भेट्न र बोल्न नयाँ नयाँ बहाना बनाइरहेका हुन्छन् । घरबाट पनि बहाना बनाएर निस्किएर प्रेमी वा प्रेमिकालाई भेट्न जान्छन् ।