+

बिहान ढिलासम्म सुत्ने बानी छ ? सावधान

विश्वका अधिकांश मानिस  बिहान अबेरसम्म सुत्न मन पराउछन्।  नतिजा, यो बानीले गर्दा एक भन्दा बढी स्वास्थ्य समस्या देखिन्छन् ।

मानसिक समस्या

ढिलासम्म सुत्दा मानसिक स्वास्थ्य खराब हुन्छ । जस कारण दिमाग तनाव र चिन्ताले घेरिरहन्छ ।

Advertisement

हर्मोनल परिवर्तन

यो बानीले हर्मोनमा परिवर्तन ल्याउँछ ।  जसले दिनभर शरीर भारी र थकित हुन्छ ।

मुटु रोग

मुटु रोगको लक्षण देखिन सक्छ । किनकि दैनिक ढिला उठ्ने बानीले मुटुमा एक किसिमको दबाब पर्छ ।

मधुमेह

रगतमा चिनीको स्तर बढ्ने कारण मधुमेह हुने सम्भावना रहन्छ ।

प्रतिरोध क्षमातामा ह्रास

यो बानी प्रतिरोध क्षमतालाई खराब पार्न सक्छ। जसकारण विभिन्न रोग लाग्ने जोखिम रहन्छ ।

मोटोपन

अवेरसम्म सुत्दा मोटोपनको शिकार हुन बेर लागदैन । यो बानीले भोक पनि अत्याधिक बढी लाग्छ ।