खराब खानपान
सन्तुलित भोजनको अभावले यदि सही पोषण तत्त्वहरू लिन सकिंदैन भने शरीरको कोषिकाहरु समय भन्दा पहिले क्षय हुन थाल्छन्, जसले बुढ्यौली प्रक्रियालाई छिटो बनाउँछ ।
प्रशोधित खाना
धेरै मात्रामा प्रशोधित खाना र फास्टफुड खाँदा शरीरमा धेरै मात्रामा नकारात्मक प्रभाव पर्छ । यसमा ट्रान्सफ्याट, चिनी र अस्वस्थकर तेल बढी हुने हुँदा यसले शरीरका कोषिकाहरुमा क्षति पुर्याउँछ ।
नुनको अधिक सेवन
धेरै नुनको सेवन गर्दा शरीरमा पानी जम्न सक्छ, जसले उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या ल्याउँछ। कोषिकाहरुमा छिटो क्षय हुने गर्छ, जसले गर्दा उमेरभन्दा पहिले बुढ्यौली देखिन्छ ।
चिनीको अधिक सेवन
चिनीले कोलाजन र इल्यास्टिन जस्ता प्रोटिनलाई कमजोर बनाउँछ, जसले छालाको पुनर्निर्माणमा समस्या सिर्जना गर्छ ।
पोषक तत्वको कमी
सही मात्रामा भिटामिन र मिनरल (जस्तै- जिंक, सेलेनियम)को कमीले शरीरका कोषिकाहरु कमजोर हुन्छन् ।
प्रोटिनको कमी
प्रोटिनले शरीरका कोषिकाहरु पुनर्निर्माण गर्न मद्दत गर्छ । यदि दैनिक आहारमा प्रोटिनको कमी हुन्छ भने बुढ्यौली छिटो आउँछ ।
तनाव र मानसिक स्वास्थ्य
लामो समयसम्म तनावमा रहनु स्वास्थ्यका लागि हानिकारक हुन्छ, जसले शारीरिक र मानसिक समस्या बढाउँछ । तनाव, चिन्ता र डिप्रेसनले मानिसलाई उमेरभन्दा पहिले बूढो देखाउन सक्छ ।
धुम्रपान र अन्य नशालु पदार्थ
धुम्रपानले शरीरमा विभिन्न नकारात्मक असर पार्छ, जसमा फोक्सोको समस्या र कोषिकाहरुको छिटो क्षय हुन्छ । यसले मानिसलाई उमेर नपुग्दै बूढो देखाउन सक्छ ।
निद्राको कमी
पर्याप्त निद्रा नपुगेको खण्डमा शरीरको पुनर्निर्माण प्रक्रियामा अवरोध आउँछ, जसले तनाव बढाउँछ र शरीरलाई कमजोर बनाउँछ ।