+

४ संकेत, जसले पाचन क्षमता कमजोर भएको देखाउँछ

खाना नपच्ने, कब्जियत हुने वा पखाला लाग्ने

ग्यास, बान्ता, पेट दुख्ने, पेट सुन्निने, खाएको खाना राम्ररी नपच्ने, पखाला लाग्ने वा कब्जियत हुन्छ भने पाचनयन्त्र खराब भएको संकेत हो ।

छालाको समस्या

पाचनयन्त्र राम्रो भएमा छालामा चमक देखिन्छ, दागधब्बा देखिंदैन, चाउरीपन देखिंदैन । तर पाचनयन्त्र खराब भएपछि छालाको चमक हराउने, दाग धब्बा र चाउरीपन जस्तो समस्या देखा पर्छ ।

Advertisement

सासको दुर्गन्ध

पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ । यदि ब्रस गरेर वा मुखको सरसफाइ गर्दा पनि सास गन्हाउँछ भने पेट खराब भएको संकेत हुन सक्छ ।

कपाल झर्ने

जब पाचनयन्त्र खराब हुन्छ, शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । त्यसको असर कपालमा पनि पर्छ ।

पाचन प्रणाली राम्रो बनाउने उपाय

मसालेदार तथा जंक फुड खानेकुरा कम, सुपाच्य खानेकुरा बढी खाने, सही समयमा खाने तनाव कम लिने र नियमित व्यायामले पाचनयन्त्र स्वस्थ रहन्छ।