किन पलाउँछ ?
महिलामा कुनै समस्याले गर्दा टेस्टोस्टेरोन हर्मोनको मात्रा अत्यधिक रूपमा उच्च भएमा पुरुषमा जस्तै अनुहारमा रौं बाक्लो आउने, शरीरको स्वरुपमा परिवर्तन आउने जस्तो लक्षण देखिन्छ ।
टेस्टोस्टेरोन महिलामा उच्च हुने कारणहरु
पीसीओएसको समस्या भएका महिलामा पुरुष हर्मोन (एन्ड्रोजन) र टेस्टोस्टेरोनको स्तर बढी हुन थाल्छ । जसकारण पुरुषको जस्तो लक्षण देखा पर्छन् ।
वंशाणुगत
परिवारमा पहिला नै महिला सदस्यमा यो समस्या थियो भने पछिका सन्तानमा यो समस्या नहोला भन्न सकिन्न ।
औषधि र स्टेरोइडको प्रयोग
केही महिलामा एनाबोलिक स्टेरोइडहरूको प्रयोगले टेस्टोस्टेरोनको मात्रा वृद्धि गराउँछ । यो समस्या विशेषगरी महिला खेलाडीहरुमा देखा पर्न सक्छ, जो मांसपेशीको वृद्धि गर्नका लागि स्टेरोइडको प्रयोग गर्छन् ।
क्यान्सरको कारण
केही महिलाहरूमा पाठेघर वा एड्रिनल ग्रन्थीको क्यान्सरले पनि टेस्टोस्टेरोनको मात्रा अत्यधिक बनाउँछ ।
के कस्ता परिवर्तन देखिन्छ ?
महिलाको अनुहार, छाती, ढाड लगायत शरीरका विभिन्न भागमा बाक्लो रौंको वृद्धि हुँदै जान्छ ।
आवाजको परिवर्तन
टेस्टोस्टेरोनको उच्च मात्राले महिलाहरूको आवाजलाई गहिरो बनाउन सक्छ, जुन सामान्यतया पुरुषहरूको आवाजसँग मिल्दोजुल्दो हुन्छ ।
छालाको समस्या
टेस्टोस्टेरोनको मात्रा बढ्दा छालामा अत्यधिक चिल्लोपन बढ्न सक्छ, जसले गर्दा अनुहारमा बिमिरा (एक्नी) र छाला सम्बन्धी अन्य समस्या आउन सक्छ ।
मांसपेशीको वृद्धि
महिलामा टेस्टोस्टेरोनको उच्च स्तरले मांसपेशीको वृद्धि गर्न सक्छ, जसले शरीरलाई पुरुषको जस्तै धेरै बलियो र मर्दाना देखाउन सक्छ । यो परिवर्तन महिलाका लागि अवाञ्छित हुनसक्छ ।