+

४ संकेत, जसले पाचन क्षमता कमजोर भएको देखाउँछ

खाना नपच्ने, कब्जियत हुने वा पखाला लाग्ने

पाचन क्षमता कमजोर भयो भने अपच, ग्यास, बान्ता, पेट दुख्ने, पेट सुन्निने लगायत समस्या देखिन सक्छ । खाएको खाना राम्ररी पच्दैन, पखाला लाग्छ वा कब्जियत हुन्छ भने पाचनयन्त्र खराब भएको संकेत हो ।

छालाको समस्या

पाचनयन्त्र कमजोर हुँदै गएपछि त्यसको असर छालामा देखा पर्छ । छालामा विभिन्न किसिमको समस्या देखा पर्छ ।

Advertisement

सासको दुर्गन्ध

सास गन्हाउने समस्या धेरैको हुन्छ । मुख तथा दाँतको सरसफाइ राम्ररी नगर्दा मुख गन्हाउँछ । तर पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ ।

कपाल झर्ने

कपाल झर्ने कारण त अनेक हुन्छ । तर लामो समय पाचन प्रणालीमा समस्या हुँदा पनि कपाल झर्ने गर्छ ।