+

अनलाइन जुवाविरुद्ध किन आपत्ति जनाइन् स्वास्तिमाले ?

नाम र तस्वीर दुरुपयोग

फेसबुकमा स्टाटस लेख्दै अभिनेत्री स्वस्तिमा खड्काले एक अवैध प्लाटफर्ममा आफ्नो नाम र तस्वीर दुरुपयोग भएको जनाएकी छिन् ।

ब्रान्ड एम्बास्डर भनी झुटो विज्ञापन

स्वस्तिमाले फेसबुकमा लेखेकी छिन्, ‘मलाई ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ । ‘म यस्ता गैरकानुनी एपबाट कोसौं टाढा छु ।’

Advertisement

यस्ता पोस्ट देखे रिपोर्ट गर्न आग्रह

यसरी जथाभावी रुपमा आफ्नो नाम र तस्वीर राखेर विज्ञापन गरेको भेटिएमा रिपोर्ट गरिदिन स्वस्तिमाले आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, ‘नेपाल प्रहरीले कारबाही गर्नेछ भन्ने विश्वासमा छु ।’

कसले गरेको थियो तस्वीर दुरुपयोग ?

स्वस्तिमाको तस्वीर दुरुपयोग गर्ने प्लाटफर्मले आफ्नो कम्पनीको नाम ‘हिमा ८ एनपी’को भएको दाबी गरेको छ ।

फोटो मात्र होइन नक्कली हस्ताक्षर पनि

सन् २०२४ का लागि स्वस्तिमालाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको भन्दै नक्कली पोस्ट राखिएको छ । यतिसम्म कि पोस्टमा स्वस्तिमाको नक्कली सिग्नेचर गरेको पनि देखाइएको छ ।

विज्ञापनमा व्यस्त अभिनेत्री

यद्यपि उनी फिल्मबाहेक विज्ञापनमा उत्तिकै सक्रिय देखिन्छन् । विभिन्न उत्पादनको विज्ञापनमा व्यस्त हुने कलाकारको अग्रपंक्तिमा स्वस्तिमा छिन् ।

अग्रपंक्तिकी अभिनेत्री

‘होस्टेल रिटर्न्स’ बाट डेब्यु गरेकी स्वस्तिमा अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीमा पर्छिन् । दुई रुपियाँ, छक्कापञ्जा २, नाइँ नभन्नु ल ५, छक्कापञ्जा ३ उनका व्यावसायिक हिट फिल्म हुन् ।

अभिनयमा अब्बल

उनी अभिनित ‘बुलबुल’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । ‘चिसो मान्छे’ फिल्म समीक्षकले निकै प्रशंसा गरेको फिल्ममध्ये एक थियो ।