+

रुघाखोकीमा के छ आयुर्वेदिक उपचार ?

तुलसीको पात, अदुवा र दालचिनीको पेय

तुलसीको पात, मरिच, अदुवा, दालचिनी एकसाथ उमालेर पिउँदा रुघाखोकी निको हुन्छ । यसमा थोरै सक्खर मिसाउन सकिन्छ । यसो गर्दा स्वादिलो पनि हुन्छ ।

मह, कागती र सुकुमेलको घोल

तातो पानीमा एक चम्चा मह, थोरै सुकुमेलको धुलो मिश्रण गर्ने र त्यसमा कागतीको रस मिसाउनुपर्छ । यस्तो रस दिनमा दुई पटक पिउँदा लाभलायक हुन्छ ।

Advertisement

बेसारयुक्त दूध

तातो दूधमा बेसार मिसाएर पिउँदा पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ ।

अदुवा, ज्वानो र बेसारको घोल

थोरै ज्वानो पानीमा अदुवा र बेसार मिसाएर राम्ररी उमाल्नुपर्छ । त्यो पानी पिउँदा रुघाखोकीमा आराम मिल्छ ।

तोरीको गेडा

एक गिलास तातो पानीमा एक चम्चा तोरीको गेडा उमाल्नुपर्छ । पानी राम्रोसँग उमालेपछि पिउनुपर्छ । तोरीको दानामा पाइने सल्फरले जमेको खकारलाई बाहिर निकाल्न मद्दत गर्छ ।

भिजाएको बदाम

यतिबेला बदामको सिजन पनि हो । एक मुठी बदामलाई रातभर पानीमा भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर तातो पानीसँग खानु उपयुक्त हुन्छ ।