
गर्मीमा पानी सबैले पिउँछन्, तर सँगसँगै घरमै बनाएको सर्वत शरीरलाई ताजा र स्वस्थ राख्न मद्दत गर्छ। बाहिर महँगोमा किनेर खानुभन्दा घरमा सस्तो र स्वास्थ्यवर्धक सर्वत बनाएर पिउनु उचित हुन्छ।

कागती पानी
बनाउन पनि सजिलो स्वास्थ्यका लागि पनि फाइदाजनक छ, कागती पानी । आधा कागतीको रस निचोरेर एक गिलास चिसो पानीमा मिसाएर स्वादअनुसार चिनी, मह, वा नुन थपेर राम्ररी घोल्दा तयार हुन्छ ।

पुदिना सर्वत
ताजा, बनाउने, स्वाद र वास्नादार पेय हो, पुदिना सर्वत । पुदीना पानी बनाउन एक गिलास पानीमा ८-१० वटा ताजा पात हल्का मिचेर मिसाउनुहोस्। कागतीको रस, चिनी वा मह थपेर राम्ररी हलाउनुहोस् र चिसो बनाउन बरफहाले पछि तयार हुन्छ।

काँचो आपको सर्वत
अर्को लोकप्रिय पेय काँचो आँपबाट बन्छ। औषधि नहालेको एउटा काँचो आँपलाई उमालेर वा ग्रिल गरेर त्यसको गुदी निकालेर एक गिलास पानीमा स्वादअनुसार नुन, जिरा पाउडर, कालो नुन वा चिनी थपेर राम्ररी हल्लाएर पिउन सकिन्छ ।

खर्बुजाको सर्वत
खर्बुजामा सबैभन्दा बढी पानी हुन्छ। एक कप खरबुजाको गुदीलाई ब्लेन्डरमा पिसेर रस निकालेर त्यसलाई एक गिलास पानीमा मिसाउनुहोस्। स्वादअनुसार थोरै मह वा चिनी र एक चिम्टी नुन थपे पनि यो पेय तयार हुन्छ।