+

विश्वका ५ साइकलमैत्री सहर

१. उट्रेख्ट, नेदरल्यान्ड्स

विश्वकै अग्रस्थानमा पर्ने साइकलमैत्री सहर हो, नेदरल्यान्ड्सको उट्रेख्ट । किनकि, यहाँ ५० प्रतशितभन्दा बढी यात्रा साइकलमा हुन्छ । सरकारले कारको ठाँउ कम गरेर दशकौंदेखि साइकललाई प्राथमकिता दियो।

यहाँ बच्चादेख वृद्ध सबैले साइकल चलाउँछन्, जसले ट्राफिक जाम र प्रदूषण शून्य जस्तै बनाएको छ । विश्वकै सबैभन्दा ठूलो साइकल पार्किङ्ग १२ सय ५०० ठाउँ यहि सहरको रेल स्टेशनमै छ ।

Advertisement

२. कोपनहेगन, डेनमार्क

कोपनहेगनमा ६२ प्रतिशत मानिस काममा जाँदा साइकल मै जान्छन । सन् १९७० को तेल संकटपछि सहरले कारको सट्टा साइकल रोज्यो । अहिले प्रति १०० किमी सडकमा ५२ किमी साइकल लेन छ। यहाँ बच्चाहरू ६ वर्षदेखि साइकल सिक्छन् । सहरले हरेक वर्ष १०० मिलियन यूरो साइकल पूर्वाधारमा खर्च गर्छ।

३. एम्स्टर्डममा, नेदरल्यान्ड्स

एम्स्टर्डममा साइकलको संख्या ९ लाख जनसंख्याभन्दा बढी छ। अहिले ५०० किमीभन्दा बढी साइकल लेन, नहर किनारका सुन्दर मार्ग, हजारौं साइकल पार्किङ छन्। सहरको ३५ प्रतिशत क्षेत्र कार-फ्री छ। साइकलमा करी ब्याग, बच्चा बोक्ने सिट, सामान राख्ने डिब्बा सामान्य हो। यहाँ साइकल चलाउनु स्टाइल र संस्कृति दुवै हो, जसले सहरलाई जीवन्त र सफा राख्छ।

४. एन्टवर्प, बेल्जियम

एन्टवर्पले छोटो समयमै युरोपको उत्कृष्ट साइकल सहर बन्यो किनकि २०१० पछि कारको स्पीड ३० किमी/घण्टामा सीमित गर्‍यो र ६०० किमीभन्दा बढी सुरक्षित साइकल लेन बनायो । भेलो सेयरिङ सिस्टमले पहिलो ३० मिनेट सित्तैमा साइकल दिन्छ । सहरको केन्द्र पूरै पैदल-साइकल क्षेत्र बनेको छ। यहाँ रेल स्टेशनमुनि १०,००० साइकल पार्किङ छ ।

५.जेन्ट, बेल्जियम

यो सहरले  २०१७ मा युरोपकै सबैभन्दा ठूलो कार-मुक्त क्षेत्र बनायो । यो सहरमा साइकल र पैदल यात्रीलाई मात्र अनुमति दिइएको छ, जसमा केन्द्रमा गाडी पूरै प्रतिबन्धित छ । यहाँ, ४०० किमीभन्दा ठुला साइकल लेन छन् ।

विश्वविद्यालयका ५०,००० विद्यार्थीले साइकल प्रयोग गर्छन् । सहरले हरेक वर्ष साइकल बजेट दोब्बर बनाउँछ । फलस्वरूप, साइकल यात्रा २०१० को २२ प्रतिशतबाट अहिले ४० प्रतिशत पुग्यो र सहर शान्त, सफा र सुरक्षित बनेको छ।