+

शाहरुख खानका ५ रोचक कुरा

१. ‘मन्नत’ कुनै समय उनको सपना थियो

सन् १९९७ मा ‘यस बोस’को छायांकनका क्रममा शाहरुखले मुम्बईको एउटा भव्य भवन देखेका थिए। त्यसबेला त्यसको नाम ‘भिल्ला भिएना’ थियो। उनलाई त्यही घर मन परेको थियो । संयोगवश, चार वर्षपछि सन् २००१ मा उनले त्यही भवन किने, जुन आज ‘मन्नत’का नामले चिनिन्छ ।

अभिनेत्रीहरूसँग सहज घुलमिल हुने शाहरुख

शाहरुख खानको अर्को रोचक पक्ष हो, महिला सहकर्मीसँग घुलमिल हुन सक्ने उनको सहज स्वभाव। धेरै अभिनेत्रीले उनीसँग काम गर्दा आफूलाई सहज र सुरक्षित महसुस हुने बताउँदै आएका छन् । उनी सहकलाकारको कुरा सुन्ने, सम्मान गर्ने र सेटमा रमाइलो वातावरण बनाउने कलाकारका रूपमा चिनिन्छन् ।

Advertisement

आठ वर्षमै रामायणमा अभिनय

शाहरुखको अभिनय यात्रा बलिउडबाट सुरु भएको होइन । उनले आठ वर्षको उमेरमै रामायणमा बाँदरको भूमिका निर्वाह गरेका थिए । बाल्यकालदेखि नै अभिनयमा रुचि राख्ने उनी पछि थिएटरमा जोडिए । त्यसपछि टेलिभिजनका ‘फौजी’ र ‘सर्कस’मार्फत दर्शकमाझ चिनिए ।

एडिनबरा विश्वविद्यालयबाट मानार्थ उपाधि

सन् २०१५ मा शाहरुखले बेलायतको एडिनबरा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि पाए । अभिनयसँगै परोपकारी र मानवीय कार्यमा पुर्‍याएको योगदानको सम्मानमा विश्वविद्यालयले उनलाई यो उपाधि दिएको थियो ।

अभिनयसँगै क्रिकेटमा पनि लगानी

शाहरुखले पत्नी गौरीसँग मिलेर सन् २००२ मा रेड चिलिज इन्टरटेनमेन्ट स्थापना गरे । फिल्म निर्माण र भिजुअल इफेक्ट्समा सक्रिय यो कम्पनीसँगै उनी आईपीएल टोली कोलकाता नाइट राइडर्सका सहमालिक पनि हुन् । यसरी उनको व्यावसायिक यात्रा फिल्मदेखि क्रिकेटसम्म फैलिएको छ ।