हरेकको प्रेम सम्बन्ध सधैं टिक्छ भन्ने हुँदैन । कुनै न कुनै बहानामा कुनै समयमा सम्बन्ध टुट्न सक्छ । तर, कहिलेकाहीँ सबैभन्दा पीडादायी बिछोड ती हुन्छन्, जहाँ एक पार्टनर बिस्तारै अर्को पार्टनरसँगको प्रेमबाट टाढिँदै जान्छ ।
सम्बन्धलाई नजिकबाट नियाल्ने हो भने त्यो परिवर्तन केही हदसम्म थाहा पाउन सकिन्छौं । भनौं, आफ्नो पार्टनरबाट आफू टाढिँदै गरिरहेको संकेत पाउन सकिन्छ ।
१. उनीहरूसँग कुरा शेयर गर्न छोड्नुहुन्छ
राम्रो-नराम्रो जे पनि पहिले पार्टनरलाई नै सुनाउने मन नलाग्नु, फोन गर्न हिचकिचाउनु वा उत्साह नहुनु भनेर प्रेम टाढिँदै गएको संकेत हो ।
आत्मीयता र नजिकपनको अभाव
कहिलेकाहीँ रिस उठाउनु सामान्य कुरा हो । हात समात्ने, अँगालो, गहिरो कुराकानी वा यौन सम्बन्धमा रुचि हराउनु, नजिक हुन मन नलाग्नु भनेको भावना कम हुँदै गएको देखाउँछ । यस्तो अवस्थामा कहाँनेर दूरी बढिरहेको छ भनेर कुराकानी गर्नु आवश्यक हुन्छ ।
३. सम्बन्धमै हुँदा पनि टुट्ने डर वा वियोगको महसुस
सँगै हुँदा पनि सम्बन्ध टुट्ने कल्पना गरेर मन रुनु वा पुरानो प्रेममा मात्र अड्किनु भनेको अब भावना फिक्का भइसकेको संकेत हो ।
४. प्रेमभन्दा बढी झर्को र रिस लाग्नु
साना कुरामा पनि सधैं रिस उठ्नु, हेर्दा मात्र क्रोध आउनु वा राम्रा गुण देख्न छोड्नु निकै खतरनाक संकेत हो ।