+

लोकप्रिय कार्डिगन, स्टाइल थरीथरीका

पछिल्लो समय नेपाली युवा पुस्तामा कार्डिगन फेसनको नयाँ लहर चलेको छ । आराम, न्यानोपन र स्टाइलको सन्तुलन मिलाउने यो पोसाक जाडो मौसममा मात्र होइन, अफिसदेखि कलेज र क्याजुअल आउटिङसम्म लोकप्रिय बन्दै गएको छ ।

१. फ्लोरल वा क्रोशिया डिजाइन कार्डिगन

क्रिएटिभ र फेमिनाइन लुकका लागि । विभिन्न रंगको फ्लोरल प्रिन्ट वा क्रोशिया (हातले बुनेको) कार्डिगन सेतो टप वा पाइन्टसँग लगाउन सकिन्छ । अफिसमा लाइट कलर प्रयोग गर्दा सुन्दर देखिन्छ ।

Advertisement

२. जाली लेस वर्क कार्डिगन

ट्रेन्डी र फेन्सी । एउटै ऊनबाट बनेको, नेकलाइनमा डिजाइन र अगाडि चेन भएको कार्डिगन जिन्स वा स्लिम पाइन्टसँग लगाउँदा कुल देखिन्छ । अफिस क्याजुअलका लागि उपयुक्त हुन्छ ।

३. लिफ डिजाइन वा एम्ब्रोइडरी कार्डिगन

लिफ डिजाइन वा एम्ब्रोइडरी कार्डिगन सिंपल तर एलिगेन्ट हुन्छन् । माथिल्लो भागमा मात्र डिजाइन, तल प्लेन हुने यस्ता कार्डिगन जिन्स वा फर्मल पाइन्टसँग लगाउँदा प्रोफेसनल लुक दिन्छ ।

४. ब्लक डिजाइन वा कलर ब्लक कार्डिगन

ब्लक डिजाइन वा कलर ब्लक कार्डिगन अफिस लुकका लागि उपयुक्त विकल्प हुन सक्छन् । यस्ता कार्डिगन धेरै रङ र विकल्पमा उपलब्ध हुन्छन् । यो कालो, निलो, खैरो कुनै पनि कलरको जिन्स वा ट्राउजरसँग मेल हुन्छ ।

५. क्लासिक बटनअप कार्डिगन

क्लासिक बटनअप कार्डिगन पछिल्लो समय सबैभन्दा लोकप्रिय छ । यो ऊन वा एक्रिलिकबाट बनेको हुन्छ र अगाडि बटन भएको हुन्छ । टी–शर्ट माथि लगाएर जिन्स÷स्कर्टसँग पेयर गर्न सकिन्छ । यो प्रोफेसनल र न्यानो दुवै हुन्छ ।

५. लामो कार्डिगन

पूर्ण शरीर ढाक्ने लामो कार्डिगन जाडोमा उत्कृष्ट हुन्छ । लेगिङ्स वा जिन्ससँग लगाउँदा स्टाइलिश र स्लिम देखिन्छ । अफिसमा लामो कार्डिगनलाई बेल्ट बाँधेर लगाउन सकिन्छ ।

९. बेल्ट भएको कार्डिगन

यस डिजाइनको कार्डिगनले कम्मरमा बेल्टले आकार उजागर गर्छ । अफिस मिटिङ वा फर्मलका लागि यो राम्रो विकल्प हुन्छ । पाइन्ट्स वा स्कर्टसँग लगाउँदा प्रोफेसनल देखिन्छ ।