हिंडौं
पैदल हिंड्दा जसरी शरीरमा उर्जा र सक्रियता बढ्छ, त्यसले सेरोटोनिन र डोपामाइन जस्ता हार्मोन पैदा हुन्छ । यसले हामीलाई आनन्दित र खुसी राख्न मद्दत गर्छ ।
गीत सुनौं
संगीत सुन्नु आफैंमा एक थेरापी पनि हो । संगीत सुन्दा तनावग्रस्त बनाउने कोर्टिसोल हार्मोनको स्तर घट्छ।कोर्टिसोल घट्ने बित्तिकै दिमाग शान्त र विश्रामको स्थितिमा पुग्छ ।
Advertisement
मीठोमसिनो खानेकुरा खाऔं
मीठो मसिनो खानेकुरा खाइरहँदा बेग्लै खुसी र सन्तुष्टि प्राप्त हुन्छ । स्वादिष्ट खानाले हाम्रो मनोभाव सुधार गर्न सहयोग गर्छ । खानेकुरा स्वादिलो मात्र होइन, पोषिलो र ताजा पनि हुनुपर्छ ।
साथीभाइसँग समय बिताऔं
मनप्रिय साथीभाइसँग समय बिताउनु पनि मनमा ऊर्जा, खुसी र आनन्दको भरपाई गर्नु हो । जब हामी हैतिषीसँग भेट गर्छौं, आपसमा कुराकानी गर्छौं, रमाइलो ख्यालठ्टा गर्छौं, नयाँ योजना र सपना बुन्छौं त्यसक्षण दुःख र उदासी रहँदैन ।