खजुर
खजुर धेरै पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो पुरुष र महिला दुवैका लागि प्रजनन् क्षमता बढाउन प्रभावकारी सावित हुनसक्छ । यसले शरीरलाई पर्याप्त ऊर्जा प्रदान गर्छ । यसको नियमित सेवनले महिलाको प्रजनन् क्षमतालाई बलियो बनाउँदै गर्भधारण गर्न सजिलो बनाउँछ ।
उखु
उखुलाई आयुर्वेदमा इक्षु भनिन्छ, यसमा कामोत्तेजक, शारीरिक शक्ति र शुक्राणुको गुणस्तर सुधार गर्ने गुण हुन्छ । यसले यौन शक्ति बढाउँछ, जसले गर्दा जोडीहरूले स्वस्थ र सुखद् यौन जीवनको आनन्द लिन सक्छन् ।
घिउ
आयुर्वेदका अनुसार गाईको घिउ एक पवित्र पदार्थ हो, जसले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई फाइदा पुर्याउँछ । गाईको घिउ गर्भधारण गर्न धेरै सजिलो बनाउँछ ।
अनार
अनारले शुक्रकीटको गुणस्तर सुधार गर्छ । अनारले शुक्रकीटको गुणस्तर बढाउँछ र महिलाहरूको स्वस्थ हार्मोनल चक्रलाई सुधार्छ । महिलामा हार्मोन सन्तुलित रह्यो भने प्रजनन् क्षमता कायम राख्न सजिलो हुन्छ ।
माछा
ओमेगा–३ फ्याटी एसिड प्रजनन् स्वास्थ्यका लागि राम्रो हुन्छ, जुन माछामा प्रशस्त मात्रामा पाइन्छ । यो फ्याटी एसिडले रक्तसञ्चार सुधार गरी स्वस्थ शुक्रकीटको विकासमा मद्दत गरेर प्रजनन् क्षमता बढाउँछ ।
हरियो तरकारी
हरियो सागपातको सेवनले प्रजनन् अंगलाई स्वस्थ राख्छ । महिलाले आफ्नो प्रजनन् क्षमता बढाउन आफ्नो आहारमा हरियो सागसब्जी समावेश गर्नुपर्छ ।