बाडुली किन आउँछ ?
पाचन वा श्वासप्रश्वास प्रणालीमा गडबडी, पेट र फोक्सोको बीचमा रहेको डायाफ्राम अर्थात् करङको मांसपेशी खुम्चिएर फोक्सोले छिटो हावा तान्न थाल्छ, जसकारण व्यक्तिलाई बाडुली लाग्न थाल्छ ।
सामान्य अवस्था
खाना घाँटीमा अड्किएर, छिटाछिटो पानी पिउँदा, मदिरा पिउँदा, मसालेदार खानेकुरा खाँदा वा पिरो खाँदा बाडुली आउँछ । यति मात्र होइन कुनै काम उत्सुक भएर गर्दा र नर्भस हुँदा पनि बाडुली लाग्नु सामान्य मानिन्छ। यो आफैँ ठिक हुन्छ।
असामान्य अवस्था
डायाफ्रामको पारालाइसिस, ग्यास्ट्रिक, मेटाबोलिक डिसअर्डर, दिमागको कुनै भागको नसा सुक्दा, मिर्गौला खराब, मस्तिष्कमा ट्युमर, निमोनिया, फोक्सो नजिक हुने ट्युमरलगायत समस्या हुँदा बारम्बार बाडुली लाग्न सक्छ । यस्तो अवस्थामा तत्काल उपचार गराउनु जरुरी हुन्छ ।
बच्चामा बाडुली लाग्ने कारण
शिशुमा पेट भरिएमा, अत्यधिक खानेकुरा खाँदा, छिटो निल्दा, खानासँगै हावा पनि निल्दा बाडुली आउन सक्छ । ४८ घण्टाभन्दा बढी समय बाडुली आएमा भने स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ ।