+

क्षारसूत्रबाट कसरी पायल्सको उपचार हुन्छ ?

पायल्स भएमा

पायल्स भएमा दिसामा रगत देखिन थाल्छ । मलद्वार आसपास दुख्ने, चिलाउने हुन सक्छ । किनभने मलद्वारमा भएका स–साना नलीहरु घर्षण भएर नै पायल्स हुने हो ।

पायल्स जतिजति बढ्दै जान्छ

पायल्स जतिजति बढ्दै जान्छ, त्यो नसा फुल्दै जान्छ । यसरी फुलेको रगतका नलीहरु बिस्तारै मलद्वारबाट बाहिर निस्कन थाल्छन् ।

Advertisement

पायल्सको कारण

पायल्स हुनुमा एउटा मात्र कारण छैन । यसको मूल जड खानपान हो । खासगरी मसालेदार खाना, जंकफुड, मैदाजन्य, तारेको भुटेको खानेकुराले यो समस्या ल्याउन सक्छ ।

गर्भावस्था, बुढ्यौली र वंशाणुगत कारण

दिसा गर्दा बल गर्ने बानी, लामो समय शौचालयमा बिताउने बानीले पनि पायल्सको समस्या ल्याउन सक्छ । यस्तै गर्भावस्था, बुढ्यौली र वंशाणुगत कारणले पायल्स हुन सक्छ ।

पायल्सको लक्षण

सामान्यतया दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने पायल्सका लक्षणहरु हुन् ।

पायल्सको उपचार कसरी हुन्छ ?

पायल्सको उपचार आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधिबाट गर्न सकिन्छ । एलोपेथिकमा शल्यक्रिया गरेर पायल्सको उपचार गर्ने गरिन्छ । आयुर्वेदिकमा बिरामीको अवस्था अनुसार उपचार गर्ने गरिन्छ ।

पायल्स भएमा शल्यक्रिया गर्नैपर्छ ?

मलद्वारबाट रगत बग्ने समस्या भएमा, बच्चा जन्माउने योजना भएमा वा विदेश जाने योजना भएको खण्डमा पायल्सको शल्यक्रिया नै गर्नु राम्रो हुन्छ । पायल्स तेस्रो र चौथो चरणमा पुगेको भए क्षारसूत्र वा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

पायल्सको उपचारमा क्षारसूत्र

तर तेस्रो र चौथो चरणमा भने क्षारसूत्र विधिबाट यसको उपचार गर्नुपर्ने हुन्छ । विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्छ ।

क्षारसूत्र विधिबाट प्रभावकारी उपचार

मलद्वारबाट बाहिर निस्किएको मासुलाई काटेर सफा गर्ने र घाउ भर्न वा निको हुन मद्दत गर्छ । पायल्सका साथै फिस्टुलाको पनि क्षारसूत्र विधिबाट प्रभावकारी उपचार हुन्छ ।