+

इन्डोस्कोपी कस्तो अवस्थामा गरिन्छ ?

के हो इन्डोस्कोपी ?

शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ ।

कसरी गरिन्छ इन्डोस्कोपी ?

यो उपकरणमा लामो, पातलो लचिलो ट्युब हुन्छ । उक्त ट्युबमा प्रकाश र क्यामेरा जडान हुन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रुपमा मोनिटरमा हेर्न सकिन्छ ।

Advertisement

कस्तो अवस्थामा इन्डोस्कोपी गराइन्छ ?

दुई कारणमा इन्डोस्कोपी गर्न सिफारिस गरिन्छ । एउटा बिरामीले बताएको लक्षणको आधारमा जाँच गर्न र अर्को भनेको शल्यक्रिया गर्दागर्दै हेर्नुपर्ने अवस्थामा पनि इन्डोस्कोपी गरिन्छ ।

यो प्रक्रियामा दुखाइ हुन्छ ?

लोकल एनेस्थेसिया दिइएको कारण दुखाई हुँदैन । तर, कसैलाई भने सहनसक्ने दुखाइ महसुस हुनसक्छ । यस्तै, समय भने समस्या पहिचान गर्नको लागि सुरु गरेको ३ मिनेटसम्म लाग्छ ।

कति खर्च लाग्छ ?

सरकारी अस्पतालमा इन्डोस्कोपीको ५ देखि ६ हजार र क्लोनोस्कोपीको ७ देखि ९ हजार लाग्नसक्छ । जुन अस्पताल अनुसार शुल्कमा केही फरक पर्न सक्छ ।