पुरुषको शुक्रकिट निश्चित समयसम्म भण्डार
अहिले आइभिएफ प्रविधिबाट पुरुषको शुक्रकिट निश्चित समयसम्म भण्डार गरेर आफूलाई सहज भएको बेलामा बच्चा जन्माउन सकिन्छ ।
मन लागेको बेलामा गर्भधारण
यसरी भण्डारण गरिएको शुक्रकिटलाई महिलाको डिम्बसँग निशेचन गराएर कुनै पनि जोखिमविना नै आफूलाई मन लागेको बेलामा गर्भधारण गर्न सकिन्छ ।
ढिलोगरी बच्चा जन्माउने दम्पतीको लागि
वीर्य भण्डारण बिहे गरेर पनि ढिलोगरी बच्चा जन्माउने दम्पतीको लागि पनि प्रभावकारी हुन्छ । त्यस्तै कतिपय रोगको कारण सन्तान जन्माउन असमर्थ भएको अवस्थामा यो विधि अपनाउन सकिन्छ ।
उमेर ढल्किदै गएपछि वीर्यको गुणस्तर कम हुने
उमेर ढल्किदै गएपछि वीर्य र अण्डको गुणस्तर पनि कम हुने भएकाले युवाअवस्थामा नै वीर्य वा अन्ड भण्डारण गर्नु उचित मानिन्छ ।
कति अवधिसम्म भण्डारण गर्न सकिन्छ ?
यो मान्छेको आवश्यकता अनुसार ८-१० वर्षसम्म पनि फ्रिज गरेर राख्न सकिन्छ । वीर्य वा अण्ड भण्डारण गर्दा व्यक्तिको विवरणहरू सबै टिपेर सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण गर्न सकिन्छ ।
कति लाग्छ खर्च ?
सामान्यत डिम्ब भण्डारणको लागि वर्षको ५० हजार र शुक्रकिट भण्डारणका लागि वार्षिक १५ हजार रुपैयाँ लाग्छ ।