+

के हो हाइड्रा फेसियल, कति लाग्छ खर्च ?

अन्य फेसियल विधिभन्दा फरक

नयाँ प्रविधिको माध्यमबाट अनुहारमा रहेको मृत छाला र फोहोरलाई भित्रैबाट सफा गरी अनुहारमा चमक ल्याउने भएकाले यो अन्य फेसियल विधिभन्दा फरक छ ।

छालाको प्रकार अनुसार फेसियल

छालाको प्रकार र समस्या अनुसार भिटामिन र सेरमको प्रयोग गरी फेसियल गर्नु यसको खास विशेषता हो ।

Advertisement

मल्टिस्टेप फेसियल

हाइड्रा फेसियल मल्टिस्टेप फेसियल विधि हो । यसमा केमिकलको न्यून मात्रामा प्रयोग गरिन्छ ।

यसमा तीन काम गरिन्छ

यसमा मूलतः तीन काम गरिन्छ- डिपक्लिंजिङ, एक्सफोलिएट र हाइड्रेसन ।

अनुहारलाई सफा

एकपटकको हाइड्रा फेसियलले अनुहारलाई सफा गरी राम्रो नतिजा दिन्छ । तर अनुहारको चमक र स्वस्थ कायम गर्न भने पटक-पटक गराउनुपर्छ ।

हाइड्रा फेसियलको शुल्क

सामान्यतया हाइड्रा फेसियलको शुल्क चार हजार रुपैयाँबाट सुरु हुन्छ । यसमा प्रयोग हुने सामानको गुणस्तर अनुसार सेवा शुल्कमा फरक आउँछ ।