राती अबेरसम्म बस्ने
राती अवेरसम्म अनिदो बस्ने बानीले बिस्तारै मधुमेहको चेपेटामा पर्न सकिन्छ। अनिदो लामो समयसम्म बस्दा इन्सुलिनमा बाधा पुग्ने र ब्लड सुगरको सन्तुलन गडबड पारेर मधुमेहको जोखिम बढाइदिन्छ ।
विहान नास्ता गर्नुहुन्न
जसले विहानका नास्ता गर्दैन, उसले दिनभरमा क्यालोरीयुक्त खानेकुरा तथा बढी चिल्लो खानेकुराको सेवन गरिरहेको हुन्छ ।शरीरलाई आवश्यक पर्ने खानेकुरा खाइदैन भने इन्सुलिनको स्तर बढ्न गई मधुमेह हुनसक्छ ।
अल्छी गर्नुहुन्छ तर, मीठो खानुहुन्छ
काम गर्न वा शारीरिक गतिविधि गर्न जाँगर नचलाउने तर, खानेकुरा भने मीठा-मीठा चाहिने । यस्तो बानीले तपाईलाई चाडै मधुमेहको औषधी सेवन गर्नुपर्ने अवस्थामा पुर्याउँछ ।
अत्याधिक मात्रामा प्रशोधित कार्वोहाइड्रेटको सेवन
मैदायुक्त पाउरोटी, सेतो चामल, मैदा लगायतका खाद्यान्नको प्रयोगले शरीरलाई ज्यादामात्रामा इन्सुलिन उत्पादन गर्न प्रेरित गरी शरीरले छिटै सोस्ने गर्छ । जसले भोक लागेर चाहिनेभन्दा बढी खाइन्छ । र इन्सुलिनले काम गर्न सक्दैन ।
धेरै तनाव लिने
तनाव तथा चिन्ता हुँदा शरीरले कार्टिसोल नामक हर्मोनको उतपादन गर्छ, जसले इन्सुलिनलाई अति सक्रिय पार्छ , यसले रगतमा चिनीको मात्रालाई समेत बढाउँछ ।
दिनभर बसेर काम गर्ने
अफिसमा झण्डै आठ घण्टा बसेरै काम गर्ने र घरमा गएर पनि टिभीमै दिन व्यतित हुन्छ भने मुटुरोग तथा मधुमेहको जोखिम बढी हुनसक्छ ।