+

यी खराब बानी, जसले चुस्न थाल्छ शरीरको सबै क्याल्सियम

हड्डी र दाँत बलियो पार्न शरीरलाई भरपूर मात्रामा क्याल्सियमको आवश्यक पर्छ । तर हाम्रो केही गलत बानीले गर्दा शरीरको क्याल्सियम सुक्न थाल्छ ।

अत्यधिक मात्रामा नुन खाने बानी छ भने त्यसले शरीरमा भएको क्याल्सियमलाई प्रयोगहिन बनाउँछ । नुन बढी खाँदा शरीरको क्याल्सियम सबै पिसाबबाट बाहिरिन्छ ।

Advertisement

चिया, कफी र एनर्जी ड्रिंक बढी मात्रामा पिउँदा क्याल्सियमलाई अवशेषित गर्ने प्रक्रियामा बाधा पुग्छ ।

धूम्रपान र मदिरा सेवन बढी गर्दा क्याल्सियमको कमी हुने जोखिम रहन्छ ।

शरीरमा भिटामिन डीको कमी हुँदा पनि क्याल्सियम अवशेषित गर्ने प्रक्रियामा बाधा पुग्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा अत्याधिक थकान, कमजोरी, हाड जोर्नी दुख्ने जस्ता समस्या बढ्छ ।