+

७ गल्ति, जुन खाली पेटमा गर्न हुँदैन

औषधि खानु

ग्याष्ट्रिकको बाहेक अन्य औषधि खालि पेटमा लिन हुँदैन। ती औषधिले साइड इफेक्ट हुने र पोल्ने गर्न सक्छ ।

रक्सि पिउनु

रक्सि जति खेर पिउँदा पनि बेफाइदा नै गर्छ । तर, खालि पेटमा पिउँदा अझ बढी असर गर्छ । खालि पेटमा पिउँदा रगतमा छिटो रक्सि घुलिन्छ । जसले मात छिटो लाग्ने र कलेजोलाई हानि ४ गुणा छिटो गर्छ ।

Advertisement

अत्याधिक कफी वा चिया पिउनु

बिहान उठेर खालि पेटमा अत्याधिक कफी वा चिया पिउदा एसिडीटी र पेट पोल्ने गर्छ । किनकी, यसमा क्याफिनको मात्रा उच्च हुन्छ । जसले पाचन प्रक्रियामा असर गर्छ ।

मसालेदार खाना खानु

खालि पेटमा मसालेदार वा पिरो खानेकुरा बढी खाँदा पेट पोल्ने, ग्याँस गराउने र अपच हुनसक्छ ।

चुइङ्गम चपाउनु

खाली पेटमा चुइङ्गम चपाउदा पेटमा पाचन एसिड रस बन्छ । तर, खानको लागि खानेकुरा नहुँदा पेट ढुस्स हुने र पेट दुख्ने हुन्छ ।

व्यायाम गर्नु

खालि पेटमा तीव्र रुपमा व्यायाम गर्दा चक्कर आउने, उर्जामा कमी आउने र मांसपेशी दुख्ने हुनसक्छ ।

सुत्नु

राती खाना खाए पछि लामो समयसम्म सुतेर पनि बिहानको पूरा समय सुत्ने हो भने पेट ढुस्स हुने, शरीर बोझिलो हुने र खानेकुरामा अरुचि हुनसक्छ ।