+

७ कारण, जसले पेट खराब हुन्छ

दूषित पानी र बासी खानेकुरा

दूषित पानी र बासी, सढेगलेको खानेकुराले खराब ब्याक्टेरिया पेटमा पुग्छ । खासगरी होटल, रेस्टुरेन्टमा पकाएको खानेकुरा लामो समय राख्ने गरिन्छ । यसरी राख्दा धुलो, फोहोर, झिंगाले दूषित बनाइदिन्छ ।

इरिटेबल बाउल सिन्ड्रोम

तनावका कारण एड्रिनल तथा कार्टिसाल हार्मोनको श्राव भई पेट खराब गराउँछ। जसलाई इरिटेबल बाउल सिन्ड्रोम भनिन्छ। यस्तोमा प्रत्येक पटक खाना खाएपछि दिसा लागेको,पेट पोल्ने र सुनिन्ने अनुभव हुन्छ ।

Advertisement

प्यान्क्रियाटाइटिस

प्यान्क्रियाजले इन्जाइम उत्पादन गर्छ। पित्तथैलीमा भएको स्टोनले प्यान्क्रियाजबाट आउने तत्व र पित्तथैलीबाट आउने ‘बाइलजुस’लाई अवरुद्ध गरिदिन्छ,। जसले गर्दा प्यानक्रियाजले इन्जाइम बनाउन नसकेर पेट दुख्ने, चिप्लो दिसासहितको पखाला लागिरहन्छ ।

ग्यास्ट्राइटिस

अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण आमाशय वा सानो आन्द्रा सुनिन्छ, जसलाई ग्यास्ट्राइटिस भनिन्छ ।

धूम्रपान र मदिरा

धुम्रपान र मदिराले लिभर र प्यान्क्रियाज दुवैमा प्रत्यक्ष असर गर्छ । रक्सी सेवन गर्ने अधिकांशमा ‘यक्युट प्यान्क्रियाटाइटिस’ हुन सक्छ ।

कब्जियतको समस्या

कब्जियतले शरीरमा अन्य रोग पनि पैदा गर्छ । ठूलो आन्द्राबाट दिसा निकाल्नमा कठिनाइ हुनु नै कब्जियत हुनु हो । यो समस्या जटिल बन्दै गएपछि ठूलो आन्द्रामा अवरोध पुर्‍याउँछ, जुन निकै घातक हुन सक्छ ।

दुखाइ कम गर्ने औषधि

दुखाइ कम गर्ने औषधिले सानो आन्द्रामा घाउ बनाउने र पेटभित्र समस्या ल्याउने काम गर्छ । मुटुरोग भएकाले लामो समयसम्म प्रयोग गर्ने रगत पातलो बनाउने औषधि ‘एस्पिरिन’को प्रयोग गर्दा पनि पेटमा अल्सर हुन सक्छ ।